असाेज १४ काठमाडौ । धेरै हेरिने विश्वकाे नवाै स्थानमा रहेकाे ‘लिटिल बेबि बम’ नामक Youtube च्यानल बेलायतमा १ अर्ब भन्दा बढिमा ब्रिक्रि भएकाे छ ।
याे च्यानल मुनबगनामक कम्पनीले किनेकाे छ । याे च्यानलमा १ कराेड ६४ लाख सदस्य रहेका छन । विविसिका अनुसार लण्डनमा बस्ने डेरेक र क्यान्निज हाेल्डरले सन २०११ मा सुरु गरेकाे “लिटिल बेबि बम” नामकाे च्यानल ब्रिक्रि भएकाे हाे ।
उनिहरले ब्रिक्रि रकम नखुलाए पनि विभिन्न माध्यमहरुले लिटिल बेबि बम च्यानल ८ मिलियन देखि [९२ कराेड रुपैयाँ] देखि ११ मिलियन डलर [१ अर्ब २६ कराेड ५० लाखमा रुपैया] सम्ममा ब्रिक्रि भएकाे जनाएका छन ।
याे च्यानलमा राखिएका भिडियाेहरु १७ अर्ब ५३ कराेड भन्दा बढि हेरीसकेका छन । यस च्यानलमा अङ्ग्रेजी बाहेक विभिन्न भाषाहरु जस्तै फ्रेन्च, जर्मनिज, स्पेनिस, जापानिज भाषामा भिडियो हेर्न सकिन्छ ।
विश्वका बच्चाहरुले मन पराएकाे “विल अन द वस” भन्ने गित यहि च्यानलकाे हाे । याे Youtube च्यानलकाे इतिहासमा धेरै हेरिएकाे गित मध्यमा पर्छ ।
प्रतिक्रिया दिनुहोस