असोज १४, पोखरा । गण्डकी प्रदेशकै ठुलो शैक्षिक संस्था केन्द्र पृथ्बीनारायण क्याम्पसमा बिधार्थीहरु आन्दोलीत भएका छन् ।
गत १५ दिन देखी दिएको ज्ञापन पत्र र त्यसपछि बिरोध सभा र कालो झन्डा बाधन्ने गर्दा पनि क्याम्पस प्रशासन मौन रहेका कारण बिधार्थीहरुलाई ताला लगाउन बाध्य पारिएको हो ।
क्यापसका प्रमुख डा चन्द्र बहादुर थापाको गैर जिम्मेवारीपनले गर्दा आन्दोलन ठुलो रुप लिएको छ । बिधार्थीको जाहेश माग सम्बोधन नगरेर राजनैतिक दबाकका कुराको पछि लागेको बिधार्थीको आरोप छ ।
देशकै ठुलो र अत्याधीक बिधार्थी भएको क्याम्पसमा बढी भन्दा बढि शुल्क तिर्न बाध्य बनाइएको र बिधार्थीले पाउनु पर्ने सेवाहरु नपाएको गुनासो गरेका छन् ।
आज बिहान ८ बजेबाट बिधार्थीहरु क्याम्पस परिसर भित्रबाट लाखै बिधार्थीको जुलुस सहित गई क्याम्पस प्रशासन भवनमा तालबन्दी गरीएको हो ।
तत्काल बिधार्थीहरुको माग सम्बोधन नगरे आन्दोलनले बिद्रोह रुप लिने र यसको जिम्मेवारी क्याम्पस प्रशासनले लिने बिधार्थीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस