असाेज १४, काठमाडौ । डाेमेन हाेस्टिङ लगायत अन्य सेवा लिनकाे लागी तपाई लाई पेपाल क्रेडिट कार्ड वा मास्टर कार्ड अावश्यकता पर्छ। तर अब याे समस्या हटेकाे छ।
ब्रेनफक्सले नेपाली बजारलाई लक्षित गरि डाेमेन हाेस्टिङ एसएसएल सर्टिफिकेट लगायतका अन्य सेवाहरु सेवाहरु अब नेपाली रुपैयाँमा किन्न सकिने भएकाे छ। ब्रेनफक्सले खल्ती सँगकाे सहकार्यमा यी सबै सुविधा प्रदान गरिरहेकाे छ । ब्रेनफक्स डोमेनले नेपाल बजार लक्षित गरेर डोमेन, होस्टिङ, एसएसएल सर्टिफिकेट लगायत अन्य सेवाहरुको बेचबिखन थालनि गरेको छ।
डोमेन र होस्टिङ किन्दा क्रेडिट कार्ड अथवा पे-पाल आवश्यक पर्छ, जुन नेपालको मौद्रिक निति मार्फत बन्देज गरिएको छ । जसले गर्दा डोमेन, होस्टिङ आदिको लागि बिदेशमा रहेका साथिभाईमा पर निर्भर बन्नु परेको छ ।
ब्रेनफक्सले भने खल्तिसँगको सहकार्यमा नेपालि मुद्रामै यि सुबिधा प्रदान गरिरहेको छ । यसले गर्दा अबदेखि डोमेन तथा त्यस्तै अरु सेवा खरिद गर्दा हुने गरेको समस्याको अन्त्य भएको कम्पनीले जनाएको छ । ब्रेनफक्सले अहिले २०० रुपैयाँमै वेबसाइट बनाउन सकिने नयाँ सेवा सुरुवात गरेको छ ।
यस अन्तर्गत डट एक्सवाईजेड डोमेन दिने र वेबसाइटका लागि विब्ली (Weebly) को प्रयोग गरिने बताइएको छ । ब्रेनफक्सले रिसेलर होस्टिङ समेत बेचिरहेको छ, जसको प्रयोगले साना तथा मझौला वेबसाइट कम्पनिले सरभर खरिद गरि, एकदमै थोरै पैसामा आफ्ना ग्राहकलाई वेबसाइट बनाईदिन सक्नेछन। जसमा ब्रेनफक्सले कुनै कमिसन समेत लिने छैन ।
प्रतिक्रिया दिनुहोस