विप्लव निकट भन्दै छुट्टै संगठन निर्माण गर्ने पत्रकारहरु यसरी धमाधम कारबाहीमा पर्दै


असोज १४, मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले आफ्ना कार्यकर्ताहरु अराजक गतिविधिमा संलग्न भएको भन्दै कारबाही गरेको छ ।

पार्टी संगठनको नीति नियम र पार्टी निर्णय बिरुद्द समानान्तर क्रान्तिकारी पत्रकार संगठन निर्माण गरि डिल्लीराज रावतको अध्यक्षतामा गठन गरेको संगठनमा सहभागी भएको भन्दै मकवानपुर जिल्ला पार्टीले पत्रकार तिलक अधिकारी, रुपा गुरुङ र राज सापकोटालाई कारबाही गरेको हो ।

उनीहरुले अराजक गतिविधि गरेको भन्दै साधारण पार्टी सदस्य समेत नरहनेगरी संगठनबाट निष्कासन गरेको बिज्ञप्ति मार्फत जनाइएको छ 

जिल्ला पार्टी सेक्रेटरी अनुराग द्वारा जारि विज्ञप्तिले नेकपाको भात्रृ संगठन क्रान्तिकारी पत्रकार संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित भएका प्रकाश डुम्रेको नेतृत्वमा गठित क्रान्तिकारी पत्रकार संगठन आधिकारिक रहेको समेत बताएको छ 

पत्रकार तिलक अधिकारी डिल्ली राज रावल नेतृत्वको संगठनको कोषाध्यक्षमा मनोनित भएका थिए भने रुपा गुरुङ र राज सापकोटा केन्द्रीय सदस्यमा मनोनित भएका थिए 

हेर्नुहोस बिज्ञप्ति 

 

 

 

 

१४ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको