असाेज १४ काठमाडौ । नेपालमै पहिलो पटक बिजनेस कल ट्रयाकिङ सिस्टम ‘कल सेवा’ एप सार्वजनिक भएकाे छ । व्यवसायीलाई लक्षित गर्दै एभरेस्ट कास्टले व्यवसायीक फाेनकाे दुरुपयोगकाे अावाज अाईरहेका बेला याे एप सार्वजनिक गरेकाे हाे।
याे एपले विशुद्ध व्यवसायमा फाइदा पुगोस भन्ने उदेश्यले ल्याएकाे कम्पनीले जनाएको छ। कल सेवाको प्रयोगले कुनै पनी संस्थाले आफ्नो संस्था संग सम्वधित सम्पूर्ण फोनकलको सही सदुपयोग भइरहेकाे छ कि छैन भनेर निगरानी गर्न सकिनेछ ।
याे एप प्रयोग गर्न कुनैपनी संस्थाले कम्पनिबाट कल सेवाको एकाउन्ट लिएको हुनुपर्नेछ त्यसपछि सबैभन्दा पहिला कर्मचारीको एन्ड्रोइड मोवाइलमा गुगल प्ले स्टोरबाट “कल सेवा” भन्ने एप डाउनलोड गरेर इन्स्टल गर्नुपर्ने हुन्छ ।
वेबमा आधारित याे सिस्टमबाट आफ्ना कर्मचारीको प्रोफाइल बनाएर यूजरनेम र पासवर्डबाट कर्मचारीको मोवाइलमा भएको कल सेवा एपबाट लगइन गर्नुपर्नेहुन्छ । लगइन गरेपछि सम्पुर्ण इन्कमिङ, आउटगोइङ, मिस्ड कलको निगरानी वेबमा आधारित सिस्टमबाट गर्न सकिनेछ ।
कल सेवा प्रविधिको सहायताले अब कुनैपनि संस्था र कर्मचारीबीचको सम्बन्धमा थप पारदर्शीता ल्याउने विश्वास कम्पनीले लिएको छ ।
प्रतिक्रिया दिनुहोस