असोज १४, काठमाडौं । दुवै किड्नी फेल भएका सुनिल तामांगलाइ बेलायतबाट इशा गुरुङको पहलमा रु. २ लाख ६१ हजार रकम संकलन गरी हस्तान्तरण भएको छ । नेपालबाट अनवरत रुपमा समाज सेवामा संयोजन गरिरहेकी खुसि राई र जितेन राई तथा संचारकर्मीहरुको उपस्थितिमा उक्त रकम बिहिबार पिडितलाई हस्तान्तरण गरिएको हो ।
सुनिल तामांग सहयोग अभियान चलेको एक हप्तामा सो रकम उठेको थियो । इशा गुरुङको सहयोग रकम पाएपछि मिर्गौला पिडित तामांगले खुसि हुँदै बाँच्ने आशा व्यक्त गरेका छन् । उनले भने, इशा दिदीले सहयोग गर्ने बताए पछी अब म बाँच्छु भन्ने लाग्यो ।
सुनिल तामांगले आफ्नो सहयोगका लागि साथ् दिनुहुने इशा गुरुङ र अन्य सहयोगी मनहरुलाई भगवान ठानेको बताउदै धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस