अन्तर्राष्ट्रिय रोल्पाली समाज भारतले बाबा गुमाएका बाल बच्चालाई गर्यो आर्थिक सहयोग


असोज १४, रोल्पा । दुर्घटनामा परि मृत्यु भएका रोल्पा त्रिवेणीका नविन कुमार ओलीको परिवारलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज भारतले आर्थिक सहयोग गरेको छ । बैदेशिक रोजगारीको क्रममा भारतमा दुर्घटना भएर मृत्यु भएपछी ओलीका बालबच्चाहरुको पढाई लेखाईका लागि समाजले रु. २० हजार १ सय सहयोग गरेको जनाएको छ ।

सहयोगका लागि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज भारतका सदस्य राम कृष्ण ओली र अमेरिकामा रहेका तुलसीराम केसीको पहलमा सहयोग रकम जुटेको थियो । देश बिदेशमा रहेका सहयोगीहरु द्वारा संकलित उक्त रकम मृतकको १३ दिने पुण्य तिथिको अबसरमा बिहिबार समाजका सदस्य रामकृष्ण ओलीले हस्तान्तरण गरेका थिए।

भारत स्थित पंच्कुलाको एक कम्पनिमा कार्यरत ३९ बर्षिय ओली १० जुलाईका दिन दुर्घटनामा परेका थिए । ओलीको उपचारको क्रममा १४ जुलाईका दिन मृत्यु भएको थियो ।

मृतक ओलीको परिवारमा श्रीमति, छोरा, छोरी र बुबा छन ।

पिडित परिवारलाई आर्थिक सहयोग गरेकोमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रले धन्यावाद दिएको छ । यसरि विभिन्न देशमा रहेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले विभिन्न सामाजिक सेवाहरु गर्दै आएको छ ।

१४ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको