सल्यानको आमखोलीमा भ्यान दुर्घटना


असोज १४, सल्यान । सल्यानको पश्चिमी क्षेत्रमा गाडी दुर्घटना भएको छ । बन्गाड कुपिण्डेको वडा ६ सुनौलिवजारबाट सल्लीवजार जादैँ गरेको भे १ ज ८२८ नम्बरको सुपरफाष्ट यातायातको भ्यान गएराती ११ वजेको समयमा आमखोलीमा दुर्घटना भएको हो ।

सजिलो ठाउँमा तिव्र गतीमा रहेको भ्यान सडक देखि ३० मिटर तल खसेको छ । चालक भिम वहादुर घर्तिले व्रेक फेल भएर दुर्घटना भएको वताए पनि ईलाका प्रहरी कार्यालय सल्लीवजारले भने चालकले अत्यधिक मदिरा सेवनका कारण दुर्घटना भएको दावि गरेको छ ।

सुपरफाष्टको नयाँ गाडि अत्यधिक गति र चालकको लापरवाहिले दुर्घटना भएको आंशका गरिएको छ । यात्रु छोडेर फर्कने क्रममा भ्यान दुर्घटना भएको हो ।

गाडिमा सवार चालक र सहचालक भने सकुशल रहेका छन् । सल्ली रुकुम चौहरजारी सडक खण्डमा गाडि व्यवसायीहरुले लापरवाहि रुपमा गाडि चलाउने गरेका कार दुर्घटनाको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको बताईएको छ ।

१४ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको