के भएको हो प्रचण्डपत्नीलाई ? प्रचण्डको राजनीतिक सक्रियता खुम्चिँदो


असोज १४, काठमाडौँ । पुर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक वर्षदेखि पारिवारिक तनावमा छन् । पुत्रवियोगको शोकमा जीवनसँगिनी सीताको रोग थपिएको छ ।

पत्नी सीताको उपचारका लागि सिंगापुर उड्नुअघि विमानस्थलमा प्रचण्ड, ४ असार

उनको हेरचाह र उपचारमा ध्यान दिनुपर्दा नेपाली राजनीतिका चलायनमा नेता प्रचण्डको परिधि नै खुम्चिएको छ । आठ महिनादेखि थलिएकी छिन्, सीता ।

१० असोजमा सिंगापुरमा उपचार फलोअपका लागि उनीसँग छोरी गंगा र भतिज समिर मात्रै जाने तयारी थियो । तर, सीताले प्रचण्डलाई पनि लैजान जोडबल गरिन् ।

र, पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीसमते देशबाहिर रहेका बेला उनी पार्टीका तल्ला कमिटी एकीकरणको व्यस्तता छाडेर पत्नीको उपचारमा सिंगापुर जानुपर्यो । ३० भदौमा चीन भ्रमणमा जाँदा समेत प्रचण्डले पत्नी सीता, छोरी र नातिनातिना सँगै लग्नुपरेको थियो ।

पारिवारिक स्रोत भन्छ पत्नीको विरामी अवस्थाले अध्यक्ष प्रचण्डले पहिलेजस्तो राजनीतिक सक्रियता मुस्किल भईरहेको छ । आजको नेपाल साप्ताहिकमा यो खबर छ ।

१४ आश्विन २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको