रोल्पामा नेकपाले भ्रष्टाचार गरेको भन्दै वडासदस्यकाे घरजग्गा कब्जा गर्यो


भदौ १४, रोल्पा । राेल्पाका एक वडा सदस्यले लाखाै पैसा हिनामिना गरेकाे भन्दै नेकपाले घरमा तालाबन्दि गर्नुका साथै जग्गा कब्जा गरेको छ ।

माडी गाउँपालिका वडा नम्बर १ का वडासदस्य हरि प्रसाद घर्ती मगरले १४ लाख रुपैयाँ हिनामिना गरेकाे भन्दै विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी राेल्पाकाे जनसत्ताले घरमा तालाबन्दी गर्नुका साथै जग्गा कब्जामा लिएकाे जनाएकाे छ ।

रकम हिनामिनाको बिषयमा छलफल गर्न खोज्दा घर्ति जनतासामु उपस्थित नभएको हुँदा भ्रष्टाचार गरेको ठहर गर्दै घर र जग्गा कब्जा गरेको नेकपाले जनाएको छ । घर्तिले भ्रष्टचार गरेको तथ्य प्रमाणसमेत आफुहरुसंग सुरक्षित रहेको नेकपा माडी गाउँपालिकाको दाबि छ ।

आय विवरणमा १४ लाख नदेखिएपछि जनतासँग छलफल नगरेर वडासदस्य फरार भएकाे भन्दै जनताले गुनासाे गरेपछि अाफुहरूले कारबाही स्वरुप यस्ताे कार्य गरेकाे माडी गाउँपालिका जनसत्ता प्रमुख सुर्य खड्काले जानकारी दिएका छन् ।

वडा सदस्य घर्ति मगर छलफलमा नअाएपछि बिहिबार करिब ५० जना स्थानीयको सहभागीतामा उनकाे घरमा तालाबन्दी र जग्गा कब्जामा लिएकाे उनको दाबि छ ।

नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई कारवाही गर्ने चेतावनी यस अघि नै दिईसकेको थियो । सोहि अनुरुप कारवाही गरिएको नेकपा रोल्पाले जनाएको छ ।

२०७५ भाद्र १४,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको