च्याम्पियन्स लिगको तालिका सार्वजनिक हुँदै, कुन-कुन टोलीले खेल्दैछन् यसपटक?


भदौ १४, काठमाडौं। युरोपियन क्लब फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग २०१८ र १९ को समूह चरण विभाजन बिहीबार राती हुँदैछ ।

ड्रमा १५ देशका ३२ टोली रहेका छन् । २६ टोली सोझै र ६ टोली प्ले अफबाट च्याम्पियन्स लिगको समूह चरणका लागि छनोट भएका हुन् । स्पेन, जर्मनी, इंग्ल्यान्ड र इटालीका समान ४ र फ्रान्सका ३ टोली च्याम्पियन्स लिगको समूह चरणमा रहेको छन् ।

च्याम्पियन्स लिगमा कुन देशबाट कुन क्लब
स्पेन : रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, बार्सिलोना, भ्यालेन्सिया
जर्मनी : बायर्न म्युनिख, बोरुसिया डर्टमन्ड, साल्के, होफनहिम

इंग्ल्यान्ड : म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, टोटेनह्याम हट्सपर, लिभरपुल
इटाली : युभेन्ट्स, नेपाली, रोमा, इन्टरनाजिओनाले मिलानो
फ्रान्स : पेरिस सेन्ट जर्मेन, लियोन, मोनाको

रसिया : लोकोमोटिम मस्क्भा, सिएसकेए मस्क्भा
पोर्चुगल : पोर्टो, बेन्फिका
युक्रेन : शाख्तार डोनेस्क

बेल्जियम : क्लब ब्रुग
टर्की : गालातासारे
चेक गणतन्त्र : भिक्टोरिया प्लेजेन
स्वीट्जरल्यान्ड : योङ ब्वाइज

नेदरल्यान्ड : आयक्स, पिएसभी आयन्डहोभन
ग्रिस : एइके एथेन्स
सर्बिया : क्रेभेना जेभेडा

च्याम्पियन्स लिगका ३२ टोली

पोट–१: रियल मड्रिड (विजेता), एट्लेटिको मड्रिड (युरोपा लिग विजेता), बर्सिलोना, बयर्न म्युनिख, म्यानचेस्टर सिटी, युभेन्टस्, पेरिस सेन्ट जर्मेन ‘पीएसजी’, लोकोमोटिभ मोक्स्भा

पोट–२: बोरुसिया डर्टमन्ड, एफसी पोर्टो, म्यानचेस्टर युनाइटेड, साख्तर डोनेस्क, बेन्फिका, नपोली, टोटनह्याम हस्टपर, रोमा

पोट – ३: लिभरपुल, एफसी साल्के, लियोन, मोनाको, आयाक्स, सिएसकेए मस्को, पीएसभी इन्डोभेन, भ्यालेन्सिया

पोट –४: भिक्टोरिया प्लाजन, क्लब ब्रग, एफसी गालाटासारे, योङ ब्वाइज, इन्टर मिलान, होफेन हेन, क्रिभेना जेभेदा, एइके एथेन्स

समूह चरण देखि फाइनल सम्म

समूह चरण सेप्टेम्बर १८ बाट सुरु हुनेछ भने डिसेम्बर १२ मा सकिनेछ । डिसेम्बर १७ मा अन्तिम १६ को ड्र हुनेछ । सन् २०१९ फेब्रुअरी १२ बाट सुरु हुने अन्तिम १६ को खेल मार्च १३ मा टुंगिनेछ ।

अप्रिल १ देखि १७ मा क्वार्टरफाइनल खेलहरु हुनेछन् । त्यस्तै अप्रिल ३०/मे १ तथा मे ७/९ मा सेमिफाइनल हुनेछ । २०१९ जुन १ मा म्याड्रिडमा च्याम्पियन्स लिग फाइनल हुनेछ ।

युईएफले अवाड

च्याम्पियन्स लिग ड्रकै विभिन्न अवार्ड पनि घोषणा हुनेछ । जसमा प्ले अफ दी मेन्स, वमेन्स, सिजनको उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर र फरवार्डको घोषणा हुनेछ ।

१४ भाद्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको