बिमस्टेकको चौथो शिखर सम्मेलन सुरु


बिमस्टेकको चौथो शिखर सम्मेलन आज काठमाडौंमा सुरू भएको छ।

सम्मेलनको उद्घाटन अध्यक्ष राष्ट्रका हिसाबले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। त्यसपछि सदस्य राष्ट्रका राष्ट्र र सरकार प्रमुखले धारणा राख्नेछन्।

यी हुन् प्रमुख एजेण्डा

यस बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रबीच कनेक्टिभिटीको विषयले सबैभन्दा धेरै प्राथमिकता पाउँदैछ। त्यस्तै बिमस्टेक विद्युतीय प्रशारण लाइन (एमओयू अन ग्रिड) मा हस्ताक्षर हुनेछ।

गरिबी निवारण, व्यापार सहजीकरण तथा लगानी वृद्धिको विषय प्राथमिकतामा परेको छ।बुधबार भएको बिमस्टेक राष्ट्रका मन्त्रीहरूको बैठकले बिमस्टेक प्रभावकारी नभएको ठहर गरेको थियो।

त्यसैले बिमस्टेकलाई प्रभावकारी बनाउने ‘विकास कोष’ स्थापना, सचिवालयको सुदृढिकरण पनि एजेण्डामा रहेको छ।

यस्तै सम्मेलनमा जलवायू परिवर्तन र सुरक्षा चुनौतीका रुपमा रहेको अन्तदेशिय अपराध र आतंकवादका विषयमा समेत छलफल हुनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको होटल हायातमा सम्मेलनका आगन्तुकका लागि आजै राती रात्रीभोजको आयोजना गरेका छन्।

सम्मेलन शुक्रबार काठमाडौं घोषणापत्र जारी गर्दै समापन हुनेछ। सम्मेलनका लागि नेपालले ‘शान्त, समृद्ध र दिगोपनाका लागि बंगालको खाडी’ नारा दिएको छ।

१४ भाद्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको