भाद्र १४, सुर्खेत। गत आर्थिक वर्ष मा दैलेखको ठाँटिकाँध गाउँपालिकाको सबैभन्दा मोटो रकम लगानी गरेको आठविस नगरपालिकाको रामघाट बजारदेखि ठाटिकाँध बाटो आर्थिक वर्ष सकिएको एक महिना मै अवरुद्ध भएको छ । फोरलेन भनेर नामाकरण गरिएको उक्त सडकमा सहजै सवारी साधनहरु गुड्न सकेका छैनन् । सवारी साधन गुड्न नसक्दा उस्तै परे स्वयं यात्रीहरु बसलाई डोरीले डोर्याउनु पर्ने अवस्था समेत आउछ ।
सडक बन्यो तर नाली नबनाउदाँ वर्षाको समयमा पानि बिच सडकबाट बग्ने भएकोले बाटो अवरुद्ध भएको हो । खोलामा पुल, सडकका पेटी, नालाहरु नबन्दा यात्रामा असहज भएको र वर्षाको पानीले सडक चिरेर लग्ने अनि सडकमा खाल्डाखुल्डी भएर सहजै सवारी साधन चलाउन कठिन भएको चालकले बताए।
यस्तै, बाकिदेखी तल्लोबाटो बिशाला सडक खण्ड पनि निकै समस्या देखिएको छ । यो सडक मौसमी सडक जस्तै बनेको छ। जातेगडा खोलाको केही बर्ष पुरानो बाटोमा भने गाडी आवत जावत गरिरहेका छन् । अँधेरी खोलादेखी जिउनीसम्मको सिचाई कुलोको लागि वडा कार्यालयबाट रकम छुटाइएको छ तर अझै पुरा हुन सकेको छैन । जसका कारण बाटो समेत अवरोध भएको छ ।
यसबारे गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले केही चासो देखाएनन् तर गाउँपालिकाकी उपाध्यक्ष सुस्मीता सिँहले समृद्ध गाउपालिका बनाउने उदेश्य हुदाहुदै पनि केही समस्या कारण कर्तव्य निभाउन नपाएकोमा दुःख व्यक्त गदै बर्षातको समयमा कच्ची सडक बिग्रिएको तर केही आफु केही महिना देखी जिल्ला बाहीर रहेकाले अनुगमन नपाएको बताइन् । आफु फर्किदाँ त्यो बाटोमा कुनैपनि ठाउँमा नाला नभए पनि हाल भएको भए छिट्टै समस्या समाधानको खोजीने बताईन।
प्रतिक्रिया दिनुहोस