भदौ १४, सल्यान । सल्यानकाे बागचौर नगरपालिका ४ सिमाखोली सेतिगुराँसमा घर भत्किदा ज्यान गुमाउने परिवारप्रति दुख व्यक्त गर्दै नेत्र विक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी सल्यानले शाेक वक्तव्य जारी गरेकाे छ ।
मंगलबार राती स्थानीय राम सिंह विकको घर भत्किदा उनि सहित ५ जनाको मृत्यु भएको थियाे। त्यस्तै जिल्लाकाे भल्चौर निवासी नरबहादुर बोहराको मजदुरीको सिलसिलामा जाजरकोटमा भीरवाट लडेर भएको निधन प्रति पनि साे पार्टीले दुख व्यक्त गरेकाे छ । यसरी जिल्लाभरी बाढी पहिराेबाट भएका अन्य घटनाहरुले पनि अाफ्नाे पार्टीलार्इ गम्भीर बनाएको शाेक वक्तव्यमा भनिएकाे छ ।
जिल्ला सेक्रेटरी लाेक्पालकाे हस्ताक्षेर रहेकाे वक्तव्य मार्फत यस्तो दुखत अवस्थामा सहयोगको लागी सबैलाई आग्रह गरिएकाे छ । अझ यस्ता घटनाहरुप्रति राज्य गम्भीर हुन पनि वक्तव्यमा सुझाव दिइएकाे छ ।
शाेक वक्तव्यमा भनिएकाे छ-“यस्तै दुखत अबस्थामा मृत्यु भएका नागरिकको मृत्यु दर्ता बनाउदा समेत सहयोग गर्नुको सट्ठा उल्टै चर्काे कर असुलेर आफ्नो कमाई खाने भाँडो बनाएका राज्य चलाउने अहिलेका दलाल जनप्रतिनिधिहरुलाई सचेत हुन पनि आग्रह गर्दछौ ।” विपतबाट भएका मृतकका परिवार, विस्तापित र गंभिर जोखिममा रहेका नागरिकको लागि तत्काल राहत उपलब्ध गराउन र सहि तरिकाले वितरण गर्न स्थानीय, प्रदेश तथा केन्द्र सरकारसँग नेकपा सल्यानले माग समेत गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस