अब पनि गुट खाेज्नेलाई पार्टीले कारबाही गर्नुपर्छ : नेता दसाैदी


भदौ १४, राेल्पा । नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार दसाैदीले तत्कालीन एमाले र माअाेबादी एकतापछि पनि गुट गर्न खाेज्नेहरुलाई पार्टी तत्काल कारबाही गर्नुपर्ने बताएका छन् । “पार्टी मिलिसक्याे, कार्यक्रताहरुका बिभाजित मन एक ठाउँमा अाईसके, म त्याे समुहकाे, उ त्याे समुहकाे भन्दै हिड्नेहरु एकता बिराेधी हुन्” । “यीनीहरुलाई पार्टीले बेलैमा बुझेर कारबाहीकाे दाहेरामा ल्याउनु पर्छ” उनले भने ।

पार्टी एकता हुँदै गर्दा काे नेता कहाँ पर्याे भन्दा पनि, स्थानीय कार्यक्रताकाे भाबना के भन्ने बुझ्न जरुरी रहेको उनले बताए । “कुनै कुनै जिल्लामा यस्ताे नेतृत्व पनि देखियाे, अाफ्ना कार्यकर्ताकाे कुनै लेखाजोखा छैन् जहाँ पनि मै बस्नु पर्छ भन्ने, के याे नेतृत्व गर्नेकाे नैतिकता हाे” ? उनले प्रश्न गरे ।

पुर्ब एमाले दाङ र राेल्पामा कुनै पनि बिबाद नभएको समेत नेता दसाैदीले प्रष्ट पारे । “यी दुई जिल्लाका पुर्व पार्टी कार्यकर्ताले कमरेड शिब जि लाई दाङ अध्यक्ष र कमरेड ईश्वरी जि लाई राेल्पा सचिव बनाउने सुझाव अायाे” । “कार्यदलले जे देख्याे नेतृत्व गर्न लाएक नाम त्यहि ल्यायाे” उनले भने । नेकपा नेता शंकर पाेखरेलले अभिभावकीय भुमिका निवाह गरेर प्रदेश ५ मा पार्टी एकता टुंगोमा लगाउनु भएको छ। यसमा सबै जिल्लाका नेताहरुले समेत सहयोग गरेको उनले जनाए ।

१४ भाद्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको