भदौ १४, राेल्पा । नेपाल कम्युनिस्ट पार्टी एकताका लागि सबै प्रदेशमा कार्यदल बन्याे । पछिल्लो चरणमा अलिक बिबादित भनेको प्रदेश नं. ५ मा शंकर पाेखरेल, मणीचन्द्र थापा, दल बहादुर राना र गणेशमान पुन सदस्य रहेको कार्यदलले सबै जिल्लाबाट नेतृत्व सहित जिल्ला कमिटीकाे नाम महासचिव बिष्णु पाैडेललाई बुझाई सकेको छ ।
बिबादै नभएको राेल्पामा पुर्ब एमालेका केही ब्यक्तिहरुले बिबाद गर्न खाेजेकाे नेकपा नेता कुमार दसाैदीले अाराे लगाए । “कार्यदलले विधि पुर्याएर नेतृत्व छानि सक्याे, पार्टीको निर्णय त मान्नै पर्छ नी” उनले भने ।
“हामीले असल र युबा नेतृत्व पाएका छाै, यसमा सबै राेल्पाली पुर्ब एमाले कार्यक्रताहरु खुसि छम्” युवन नेता राेशनकुमार वलीले भने । पार्टीले गरेको निर्णय सबैले मान्नु पर्ने उनले बताए ।
पटक-पटक ईश्वरी घर्तीलाई असफल बनाउन केही ब्यक्तिहरु बिगत देखिनै लागि परेको पुर्बएमालेका एक सदस्यले बताए । पछिल्लो चरणमा समेत एक कार्यकाल तत्कालीन एमाले जिल्ला अध्यक्ष बनेका हरिप्रसाद घर्ती, सचिव बन्न कसिएकाे बताईन्छ ।
तत्कालीन एमाले अध्यक्ष घर्तीकै कारण नेकपा सचिबका लागि प्रदेश कार्यदलबाट सिफारिस घर्तीलाई, रुन्टिगढी गाउँपालिकामा बहुमत वडाध्यक्ष उनकाे पक्षमा हुदैहुदै समेत गाउँपालिका अध्यक्षकाे उम्मेदवार बन्न राेकेका थिए । पछिल्लाे पटक तत्कालीन एमालेबाट प्रदेश नं. ५ मा प्रदेश सदस्यका लागि केन्द्रीय नेताहरुबाट नाम अाउदा समेत हरिप्रसाद घर्तीले नै उठेर राख्न नहुने भन्दै बिराेध गरेकाे प्रदेश बैठकमा सहभागी नेताहरुले बताए । पार्टी एकताका लागि जिल्ला कमिटी राेल्पाबाट अाएकाे लिस्टमा ईश्वरी घर्तीकाे नाम जिल्ला कमिटी सदस्यमै नराखेको प्रदेश कमिटी बुटवलले फेला पारेको थियो । पुर्ब एमाले भित्र ईश्वरी घर्तीकाे पक्षमा ९० प्रतिशत सदस्य हुन् ।
ईश्वरी घर्ती तत्कालीन एमाले जिल्ला कमिटी सदस्य हुन् । उनी जिल्ला कमिटी सदस्य भएको दुई कार्यकाल भयाे । अनेरास्ववियु, प्रेस चाैतारी, अखिल नेपाल महिला संघ, नेपाल पत्रकार महासंघ, गैसस महासंघ हुँदै एमालेकाे नबाै महाधिवेशन प्रतिनिधि समेत हुन् ।
प्रतिक्रिया दिनुहोस