पौष १४, कुवेत । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कुवेतको मासिक बैठक शुक्रबार सम्पन्न भएको छ । कुवेत स्थित मंगाफको फाहिल सि-साइडमा अध्यक्ष डिबि बुढाथोकीको सभापतित्वमा बैठक सम्पन्न भएको हो ।
बैठकले महत्त्वपूर्ण निर्णयहरु गरेको अध्यक्ष डिबि बुढाथोकीले बताए । रोल्पाका बोनम्यारो पिडित प्रेम बहादुर पुनको उद्धारको लागी समाजले एक लाख सहयोग गर्न्ने घोषणा गरेको छ ।
बोनम्यारो पिडित पुनको सहयोगका लागि ‘सहयोग संकलन समिती’ गठन गरेको छ । उक्त समितिको संयोजकमा प्रेम बुढाथोकी चयन भएका छन । सदस्यहरुमा बल बहादुर घर्ती, दानबहादुर रोका, मदन बिष्ट, नवराज बुढाथोकी, लोक बहादुर बिष्ट, डिबि बुढाथोकी, पुर्ण बहादुर बिक, वीर बहादुर बिक, लिल बहादुर बुढाथोकी, रबिन झाक्री मगर रहेका छन ।
त्यसैगरि हालै कुवेतमा अलपत्र परेकी एक नेपाली चेलीलाई राजदुतावास संग समन्वयनगरि उद्धार गर्ने निर्णय गरेको जनाएको छ, जस्को लागि दुइजना सदस्यलाई समेत जिम्मा दिइसकेको समाजले जनाएको छ।
आउदो अङ्ग्रेजी नयाँ बर्षको दिन संस्थाले पिकनिकको आयोजना गरेको जनाएको छ । पिकनिक कुवेतको साल्मीयामा हुने संस्थाका उपाध्यक्ष बल बहादुर जिएमले बताए ।
बैठकमा अध्यक्ष डिबि बुढाथोकीले संस्थाको महत्त्व र आवस्यकता बारे दर्शाउदै संस्थाले एक बर्षमा गरेका उपलब्धिहरु प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज प्रबासीहरुको सुख दुखको सारथिको रुपमा संस्थाको जगेर्ना गर्न कुवेतमा रहेका सबै रोल्पालिहरु गोल्बन्द हुनुपर्नेमा उनले जोड दिएका थिए ।
सल्लाहकार मदन बिष्टले भावुक हुँदै बोन म्यारो पीडितको सहयोग गर्नु मानवीय दाइत्व भएको बताउदै सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए । प्रेम पुनको लागि आबस्यक परे आफुले पनि दस हजार सहयोग गर्ने बताए । सबैभन्दा ठूलो इच्छाशक्ति हो, निस्वार्थ सेवाको भावनाहुनेहरू संग असम्भव भन्ने कुरा केही छैन, उनले भने ।
अर्का सक्रिय सल्लाहकार मदन बिष्टले पीडितहरुको साहारा नभएर राजनैतिक तथा साँस्कृतिक हिसावले रोल्पालीहरु खण्डित हुनुले औचित्य नरहने बताए । कुवेतमा हुने रोल्पालिहरु एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।
संस्थाका अन्य कार्य पदाधिकारीहरुले पनि आ-आफ्नो धारणा राख्ने काम भएको थियो । संस्थालाई माया गरेर सामाजिक सेवामा जुट्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस