युएईमा उधौली साकेला-स्यादर पिदार संयुक्त कार्यक्रम सम्पन्न


बिनोद श्रेष्ठ/पुष १४, युएई । युएईमा उधौली साकेला/स्यादर पिदार संयुक्त कार्यक्रम सम्पन्न भएको छ।

किरात राई यायोक्खा शाखा युएई र सुनुवार समाज सेवा समिती शाखा युएईको सयुक्त आयोजनमा गत शुक्रबार युएईको अबुधावी स्थित मुसाफा पार्कमा उधौली साकेला/स्यादर पिदार संयुक्त कार्यक्रम सम्पन्न भएको हो।

साकेला थानमा पुजा गरेर संचालन गरिएको उक्त कार्यक्रममा उनीहरूले आ आफ्ना परम्परागत भेषभुषा सहित ढोल,झेम्टा,ढोले,चोखो, उम्मा,मासुमे,खरङा, धनुकांड,चाैरीको पुच्छर,तिर भाला, छिर्लङक बाजा सहित साकेला नृत्य प्रस्तुत गरेका थिए।

नेपाल सरकारले आदिवासी जनजातिको सार्वजनिक बिदा कटौती गरेकोले सांकेतिक विरोध स्वरुप यस पटकको पर्व मनाइएको आदिबासी जनजाती महासंघका अध्यक्ष पासाङ् रेन्जी शेर्पाले बँताए।

नेपाली दुताबास युएईका श्रम कन्सुलर भेष बहादुर कार्कीको प्रमुख आथित्यातमा सम्पन्न उक्त कार्यक्रममा नेफिन युएईका अध्यक्ष पासाङ् रेन्जी शेर्पाको बिशेष उपस्थिति रहेको थियो। भने कार्यक्रममा नेपाली संघीय समाज युएईका अध्यक्ष बाबुराम लोप्चन,नेफिन युएईका प्रतिनिधिहरू लगाएत अन्य विभिन्न संघसंस्थाका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

किरात समुदायले प्रत्येक वर्ष मंसिर पूर्णिमालाई उधौली पर्वका रुपमा मनाउने गर्दै आएका छन्।

२०७५ पुष १४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको