युएईमा सुरु भयो रोल्पाका बोनम्यारो पिडित प्रेमबहादुर पुनको लागि ‘सहयोग अभियान’


पौष १४, रोल्पा । रोल्पा त्रीबेणीका बोनम्यारो पिडित प्रेम बहादुर पुनको उपचारका लागी अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईले सहयोग अभियान सुरु गरेको छ । पिडित पुनको उपचारमा करिव ४० लाख धेरै रकम आबस्यक पर्ने भएपछी अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रको समन्वयमा युएई शाखाले पनि आफ्नो अभियान चलाउने भएको हो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईले समाजका केन्द्रिय उपाध्यक्ष तथा युएईका सल्लाहकार देवराज वलीको संयोजकत्वमा २५ सदस्यीय ‘प्रेम बहादुर पुन सहयोग अभियान’ समिति गठन गरेको छ ।

पुनको आर्थिक अबस्था निकै कम्जोर भएपछी उनको जिबन रक्षाको लागि समाजले सहयोगका लागि संस्थागत पहल गर्ने जनाएको छ ।

युएई अभियान समितिका संयोजक देव राज ओलीद्वारा एक प्रेस बिज्ञप्ति जारिगरि बोनम्यारो पीडित २९ बर्षीय प्रेम बहादुर पुनको जीवन रक्षाको लागि सक्दो आर्थिक सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।

पिडित पुन वैदेशिक रोजगारीको सिलसिलामा टर्की पुगेको २ महिना नपुग्दै एक्कासी बिरामी भएका थिए । टर्कीको एक हस्पिटलमा जाँच गराउदा पुनलाई बोण्डम्यारो भएको थाहा भएको थियो । डाक्टरको सल्लाह अनुसार बोण्डम्यारो प्रत्यारोपण गर्नुपर्ने भएको हुँदा पिडित प्रेम बहादुर पुन नेपाल फर्किएका थिए ।

पुन नेपाल फर्किएपछी काठमाडौंको त्री.बी. शिक्षण अस्पताल महाराजगन्जमा उपचार गरादै आएका छन् । बोनम्यारो प्रत्यारोपणको लागि डा. अन्जन श्रेष्ठको अनुसार करिब ४० लाख लाग्ने भएको छ ।

हेर्नुहोस बिज्ञप्ति:

अभियान समिति (सहयोगका लागि सम्पर्क)

संयोजक देव राज ओली -सम्पर्क नम्बर ०५५७५४३५०४ (अनेसेस केन्द्रिय उपाध्यक्ष, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज तथा सल्लाहकार ।

दुबइ क्षेत्र: शेर बहादुर डाँगी -सम्पर्क नम्बर ०५५६२५०३९४ (अरोसेस युएई उपाध्यक्ष), वीर बहादुर मगर (अरोसेस युएई केन्द्रिय सदस्य), हेमराज बिक्रम (अरोसेस युएई केन्द्रिय प्रवक्ता), अजय सुनार (केन्द्रिय सदस्य तथा दुबई क्षेत्रीय समिति अध्यक्ष), भिम ओली (अरोसेस युएई दुबई क्षेत्रीय उपाध्यक्ष ), सरिता मगर (अरोसेस युएई दुबई क्षेत्रीय सचिब ), नवीन बुढा मगर (अरोसेस युएई आबुधाबी उपाध्यक्ष ), खिम रसाइली (अरोसेस युएई दुबई क्षेत्रीय उपाध्यक्ष ), खुम खन्कथोकी (अरोसेस युएई केन्द्रिय सदस्य), हरि बुढाथोकी (अरोसेस युएई केन्द्रिय सदस्य), कुमार रोका (अरोसेस युएई केन्द्रिय सदस्य)।

अबुधाबी क्षेत्र: रोशन गिरि -सम्पर्क नम्बर ०५६४९१८३३७ (केन्द्रिय सदस्य तथा अबुधावी क्षेत्रीय समिति अध्यक्ष), बिकाश रोका (अरोसेस युएई केन्द्रिय सदस्य), हिक्मत खड्का (अरोसेस युएई आबुधाबी कोशा-अध्यक्ष ), राम बहादुर राणा (अरोसेस युएई आबुधाबी क्षेत्रीय सचिब)।

सारजाह/अजमान क्षेत्र : दोलख केसि -सम्पर्क नम्बर ०५५३६५०१७५ (अरोसेस युएई केन्द्रिय उपाध्यक्ष), कुमार के.सि. (अरोसेस युएई केन्द्रिय महासचिव), ताजाराम ओली (अरोसेस युएई केन्द्रिय कोषाध्यक्ष) , भुपेन्द्र के.सि. (अरोसेस युएई केन्द्रिय सहकोषाध्यक्ष), अनोमल पुन मगर ।

अल एन क्षेत्र: अभिषेक बनिया (अरोसेस युएई केन्द्रिय सदस्य), डम्बर बुढा मगर (अरोसेस युएई केन्द्रिय सदस्य) ।

प्रेस बिज्ञप्ति

रोल्पा जिल्ला त्रीबेणी गाउँपालिका ७, गैरीगाउँ निबासी प्रेम बहादुर पुन वैदेशिक रोजगारीको सिलसिलामा २०७४ माघ २३ गते टर्की पुगेको २ महिना नपुग्दै पुनलाई बोनम्यारो भएको थियो । बोनम्यारो प्रत्यारोपणको लागि आफ्नै वंशजको बोनम्यारो चाहिने हुँदा डाक्टरको सल्लाह अनुसार २०७५ जेष्ट २५ गते पिडित पुन नेपाल फर्कनुभइ अहिले त्री।बी। शिक्षण अस्पताल महाराजगन्ज काठमाडौमा उपचार भइरहेको छ र हालसम्म ८ लाख भन्दा धेरै खर्च भइसकेको छ । अस्पतालका डा। अन्जन श्रेष्ठका अनुसार बोनम्यारो प्रत्यारोपणको लागि करिब ४० लाख लाग्ने भएको छ ।

पिडित प्रेम बहादुर पुनको आर्थिक अबस्था निकै कमजोर रहेकोले उहाँ र उहाँको परिवारले उपचार खर्च जुटाउन सक्ने अवस्थामा छैन । तसर्थ उहाँको उपचारका लागि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको केन्द्रिय समितिले सहयोग अभियान चलाउने निर्णय गरेको छ, जस अनुसार युएई शाखाद्वारा पनि युएईमा प्रेम बहादुर पुनको सहयोगार्थ २५ जनाको अभियान समिति गठनगरि ‘प्रेम बहादुर सयोग अभियान’ संचालन गरेको जानकारी गराउँदछौ ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले स्थापनाकाल देखी हालसम्म दुई दर्जन भन्दा धेरै सामाजिक तथा मानव उद्दारका कार्यहरू सफलता पुर्वक सम्पन्न गरिसकेको यहाँहरु सबैलाई अवगत छ । बोनम्यारो पीडित २९ बर्षीय प्रेम बहादुर पुनको जीवन रक्षाको लागि सक्दो आर्थिक सहयोग गरिदिनुहुन सम्पूर्ण देश-बिदेशमा रहनुभएका दाजुभाई, दिदीबहिनी तथा आमाबुबाहरुलाई  हार्दिक अनुरोध गर्दछौ । गरिब दुखीको सेवा नै मानव धर्म हो । एउटा गरिबको जीवन बाँचे सिङ्गो परिवार ज्युने आधार बन्ने छ ।

धन्यवाद,

देव राज ओली
प्रेम बहादुर सहयोग अभियान समिति संयोजक
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रिय उपाध्यक्ष
तथा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, युएई सल्लाहकार

पिडित परिवारको भिडियो:

२०७५ पुष १४,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको