पोष्टपाटीका पत्रकार चन्दलाई रिहाइको माग गर्दै पत्रकार महासघंले दियो कडा चेतावनी


मङ्सिर १३, सल्यान । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले समाचार सत्य हो कि असत्य हो भनेर छुट्याउने काम प्रहरी र सरकारको नभएको बताएका छन् । उनले यसको छानवीन गर्ने निकाय प्रेस काउन्सिल हुँदाहुँदै सरकारले पत्रकारितामाथि निरंकुश लगाउन खोजेको बताएका छन् ।

प्रेस युनियन सल्यान शाखाको पाचौं जिल्ला अधिवेशन कार्यक्रममा बिहीबार सदरमुकाम खलंगामा बोल्दै उनले जनताका आवाज संचारमाध्याममा ल्याउन खोज्दा सरकार अात्तिएर पत्रकारलाई पक्राउ गर्ने थालेको बताए । जुनसुकै व्यक्ति पनि पुर्ण रुपमा स्वतन्त्रता रहेको भन्दै उनले सरकारले यस्तै कार्य अगाडि बढाउन खोजे आफ्नो अधिकारका लागि पत्रकार सडकमा आएर अान्दोलन गर्ने चेतावनी दिएका छन् ।

भर्खरै मात्र पोष्टपार्टीका सम्पादक गोपाल चन्दलाई पक्राउ गरिएको घटनाप्रति अाक्राेस हुँद‌ै उनले तत्काल बिनासर्त चन्दलाई रिहाइ नगरे सरकारले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । हिजोका दिनमा राजा महाराजले पत्रकारमाथि अंकुश लगाउदा आफुहरु सडकमा आएर प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको स्मरण गर्दै उनले निर्धक्क सँग पत्रकारिताको कलम चलाउन अाग्रह गरेका छन् ।

पत्रकारको हक अधिकार संबिधानमा सुनिश्चित गरिरहदा बहुमतको दम्भ देखाएर सरकारले भदौ १ गतेदेखि नयाँ मुलुकी संहिता ल्याएको भन्दै उनले त्यो संहिता तत्काल सच्याउन माग गरेका छन् । नयाँ मुलुकी संहिताले अहिले पत्रकारहरु समाचार लेख्न डराउने र गिरफ्तारी पर्ने काम भईरहेको उनको भनाइ छ ।

१३ मंसिर २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको