पोर्न स्टार सन्नीलाइ देवीको भूमिका नसुहाएकाे भन्दै कर्नाटकमा प्रदर्शन, पोष्टर जलाईयो


एजेन्सी । नायिका सनी लियोनीको अपकमीङ फिल्म ‘विरमादेवी’लाई लिएर भारतको कर्नाटकमा बिरोध शुरु भएको छ ।कर्नाटकको एक संगठनले फिल्म रिलिज अगाडि आफ्नो माग पुरा नगरे आफुहरु प्रदर्शनमा उत्रने धम्की दिएका छन् ।

संगठनको अनुसार ऐतिहाँसिक र बहुभाषी फिल्म ‘वीरमादेवी’ को भूमिकामा अश्लिल चलचित्रमा काम गरेकी नायिकालाई नसुहाउने भन्दै बिरोध गरेका हुन् ।

कन्नड रक्षणा का अध्यक्ष हरीशले बताए अनुसार सनी लियोनीलाई अन्य भूमिकामा प्रस्तुत गर्दा कुनै आपत्ति नभएको तर वीरमादेवीको भूमिकामा उनलाई कुनै हालतमा नसुहाउने भन्दै विरोध जनाएका हुन् ।

संगठनले पोर्न स्टारको रुपमा चर्चित नायिकाले धार्मीक आस्थाको धरोहर रहेकी ब्यक्तीत्वको भूमिका निभाउँदा त्यस समुदायको भावनामा चोट पुग्ने बताएका छन् ।

केहि समय अघि ‘कन्नड रक्षणा वेदिक’ का सदस्यहरुले लियोनीको बिरुद्ध प्रदर्शन गर्दै उनको पोष्टर जलाएका थिए ।

१२ कार्तिक २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको