लाशहरुको थुप्रो लगाएर ! निर्दोषहरुको हत्या गरेर ! बन्दुकको नालबाट अनि षड्यन्त्रको जालबाट रगतको खोला बगाएर ! १० बर्षे जनयुद्धका सिपाहीलाई अयोग्य मानेर ! हजारौ छोराछोरीका ती दुखी आमाबुवाहरुलाई रुवाएर !
सत्तामा लिप्सिन पुगेका सत्ता भोगिहरु हो। सत्ताका लालचिहरु हो। म तिनै गरिब दुखी आमा बुवाकि छोरी आज पनि प्रश्न गरिरहेछु…। गरिरहनेछु…।
किन दिइन्न जवाफ ? किन मौन छन ती मुखहरु?
जबसम्म म जवाफ पाउन्न लेखिरहनेछु । प्रश्नहरु तेर्स्याइ नै रहनेछु।
एउटा प्रश्न राष्ट्रपति विद्या देवी भण्डारीलाई पनि छ, तर तपाईंलाई प्रश्न गर्नुको कुनै अर्थ भने छैन । किन भने आफ्नो सामर्थ्यमा इतिहास लेख्नेहरुले मात्र प्रश्नको जबाफ दिने हिम्मत राख्छन ।
बिद्या देबी भण्डारी ज्यु श्रीमानले दिएको बलिदानको मूल्य बोकेर राष्ट्रपति जस्तो गरिमामय पदमा बिराजमान हुनु भएको छ । एमालेको कृपाबादले आशीर्वाद दिएर विद्या भण्डारी ज्युलाई राष्ट्रपति पद फलिफाप भएको हो ।
स्वर्गीय मदन भण्डारीलाई हत्या गरेको आज बर्षौ बित्यो । राष्ट्रकै गरिमामय पदमा दुई-दुई चोटि बिराजमान हुदा पनि अपराधी खोज्ने चेष्टा सम्म गर्नु भएन । हत्यारा खोज्नु दण्ड सजाय दिनु तपाईंको कर्तव्य हो ।
कि कतै, श्रीमानको हत्यारा नखोज्ने सर्तमा राष्ट्रपतिको पदभार गर्ने आन्तरिक सहमति त होइन ? मदन भण्डारीको मृत्यु पछी तपाईको मौनताले यस्तै-यस्तै भन्दै छ, राष्ट्रपति ज्यु, माफ गर्नुहोला ।
कामरेड प्रचन्ड ज्यु संग त जनताले गर्नुपर्ने हिसाबकिताब धेरै बाँकी छन् ।
पहिलो हिसाव हो, १० बर्षे जनयुद्धको मूल्य र मान्यता के थियो र अहिले के दिनु भयो ? दोश्रो हिसाव हो, संसदीय सत्ता फाल्न १७ हजार जनताका छोराछोरीले रगत बगाए तर उही संसदीय ब्यबस्था किन आयो ?
पुरानो संसदीय ब्यबस्था बिरुद्द लडेको पार्टीका नेताहरु उस्तै ब्यबस्थामा नयाँ नाम झुण्ड्याएर आफु त्यहि सत्तामा झुन्डि रहन खोज्नुको कारण के हो ? परिवर्तनको कुन नाराबोकेर जनयुद्ध लड्ने/लडाउने काम भएको थियो ?
जिबन मरणको लडाई लड्नेहरुलाई प्रचण्डले धोका दिनुभयो, सत्ता भोगी एमालेले एकदिन कमरेड प्रचण्डलाई धोका दिनेछ।
अब इतिहासको एउटा भद्दा मजाकलाई पनि एकपटक हेरौ ।
नेपालमा गणतन्त्र आउनु, संघीयता लागू हुनु उल्टो खोला बग्नु हो । बयाल गाडा चढेर अमेरिका जान्छु भन्नु र नेपालमा गणतंत्र आउछ भन्नु एउटै हो भन्ने केपी ओली ज्यु आज गणतन्त्रकै दुइतिहाइ सहितको बहुमतको प्रधानमन्त्री हुनुभएको छ । यो नै इतिहासको भद्दा मजाक हो ।
राजनीतिमा लाज र सरम नहुनेहरुलाई जे भन्न र गर्न पनि छुट छ । यो मजाकलाई सार्थक बनाउन कामरेडको ठुलो भूमिका छ ।
देशमा जनयुद्ध चल्दै गर्दा यी मजाकका पात्र ओलिहरुले मुक्ति आन्दोलनमा अधिकार खोज्दै गर्दा सुराकी गरेर मार्न मराउन तल्लिन थिए । युद्दबेला १७ हजार मार्न र मराउन यिनीहरुको पनि ठुलो हात छ । युद्द दवाउन षडयन्त्र बुन्ने अपराधमा यी पात्रहरु पनि सामेल थिए । तर विडम्बना आज घाँटी जोडेर फजुल गणतन्त्र नेपालका सहयात्री बने ।
यसको गज्जबको उदाहरण छ, प्रचण्ड, किरण, बाबुराम, विप्लव, बादल लगायतका नेताहरुलाई टाउकाको मूल्य समेत तोक्ने अपराधिक मुर्खहरु यिनै थिए ।
आज तिनै १७ हजार महान योद्दाहरुको संघर्ष र बलिदानमा सिर्जना भएको गणतन्त्रमा कुर्सीको हकदार फेरी तिनै टाउकाको मोल टोल वालाहरु छन् । वाह क्या गज्जब छ, क्या मजाक छ…।
नत्र हिजो लडाउने, सुराकी गराउने अनि १७ हजार नेपाली नागरिकलाई मार्ने र आज सत्ताको लागि एकै ठाउमा उभिने कार्यलाई सामान्य मान्न सकिन्न ।
इतिहासको लेखाजोखा गर्दा आजको परिवेश आउनुमा प्रचण्ड कामरेडको हदैसम्मको त्याग गर्ने बाणीले माओवादी पार्टीलाई नै एमालेमा मिसिन पुग्नु भयो । यो इतिहासको मजाकले निम्त्याएको भद्दा परिणाम हो ।
आर्कोतिर प्रचण्डलाई फलाई फुकाई झुकाएर आफ्नै पार्टीमा बिलय गराउने केपी ओलीको कुटिल चाल सफल भएको छ । यहि कुटिल चाललाई पुर्व माओबादी कार्यकर्ताहरु अर्थात आजका नव एमालेहरुले समय परिवेश संगै आएको राजनैतिक बदलावको रुपमा ग्रहण गरेर, सत्ताको रस चुस्न तम्सिएका छन् ।
तिनै बर्ग बिरोधि अर्थात बर्ग दुश्मनहरु संग मिसिएर जनयुद्धका सहयोद्दा, गरिब दुखी, घाइते, अपांग, बेपत्ता, अनि हिजो बलिदान दिने महान सपुतहरुलाई समेत घात गरेर संसदीय सत्तामा रमाई रहेका छन । यो महा अपराध हो, एक दिन पाप धुरीबाट कराउने निश्चित छ ।
सरकारको न्यायालय भने हरिबिजोग छ । यसको गतिलो उदाहरण निर्मला पन्त प्रकरण हो, जुन प्रकरणले अहिले सम्म मुक्ति पाएको छैन ।
त्यसपछिका अन्य दिनहुँ घट्ने अनगिन्ती घटनाहरुको कुरै नगरौ, यस्तो लाग्छ हत्या हिँसा र बलात्कारको डढेलोले कलिला मानव मुनाहरुलाई भस्म पारिरहेको छ ।
तर पनि जनताको करबाट राजधानीमा चियापान समारोह नामको विभेदपूर्ण (कार्यकर्ता नेताको फरक खान्की) भोज चल्ने गर्छ, जुन दानाव्हरुले देशको काट्टो खाएको भान हुन्छ ।
(पुर्बमाओबादी कार्यकर्ता कमला भट्टराईको सम्पादित लेख)
यो लेख पनि पढ्नुहोस्
अयोग्य लडाकुले ल्याईदिएको गणतन्त्रलाई भजाएर महलको बास भयो है प्रचण्ड कामरेड ?
प्रतिक्रिया दिनुहोस