मलेसियासँग श्रम सम्झौता आज, कामदारको लागत शून्य


कात्तिक १२, काठमाडौं । नेपालीको प्रमुख रोजगारी गन्तव्य मलेसियासँग सोमबार काठमाडौंमा दुईपक्षीय श्रम समझदारी (एमओआई) हुँदै छ ।

समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री कुला शेघरानको नेतृत्वमा ६ सदस्यीय टोली आइतबार राति काठमाडौं आइपुगेको छ । हालसम्म वैदेशिक रोजगारीमा गएका ३५ लाख ५४ हजार नेपालीमध्ये २९.८८ प्रतिशतको गन्तव्य मलेसिया छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार एमओआईपछि नेपाली कामदारलाई बिनाशुल्क मलेसिया जाने ढोका खुल्नेछ ।

समझदारीपत्रमा हस्ताक्षरअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शेघरानसँग हयात होटलमा बैठक गर्नेछन् । विष्टले समझदारी नेपाली कामदारको सुरक्षाका लागि कोसेढुङ्गा सावित हुने दाबी गरे । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

१२ कार्तिक २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको