यु–१९ एसिया कप: भारतसँग फराकिलो अन्तरले नेपाल पराजित


असोज १३, काठमाडौं । बंगलादेशमा भएको यु–१९ एसिया कप अन्तर्गत उद्घाटन खेलमा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएको छ ।

शनिबार भएको खेलमा भारतले नेपाललाई १७१ रनले पराजित गरेको हो । भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सफल भयो ।

नेपालका लागि कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४, सन्दीप जोराले २०, रवीन्द्र शाहीले १६,रवी कुमार शाहले ११, कमल सिंहले ८,पवन सराफले ७ भीम र रशिदले ६/६ रन बनाउन सके । भारतविरुद्ध टस जितेर नेपालले फिल्डिङ रोजेको थियो ।

१३ आश्विन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको