निर्मला हत्या प्रकरण: घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग


असोज १३, काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाहीको माग गदै राजधानीको माईतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ ।

निर्मला पन्तको न्यायका लागि स्वतः स्फुर्त रुपमा शनिबार राजधानीको माइतिघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे।

घटनाको दुई महिना भइसक्दा पछि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरुले गृहमन्त्री र सरकारविरद्ध नाराबाजी गरे।

छानविन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनीकरणको मागसहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए।

गृहमन्त्रालयट्वारा गठित उच्चस्तरीय छानविन समितिले सो घटनको अध्ययन प्रतिवेदन बुझाईसकेको भएपनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन।

१३ आश्विन २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको