जनयुद्धको कमान्डर कामरेड बादल तथा बर्तमान गृहमन्त्री राम बहादुर थापा ज्यु प्रवासी भूमिबाट रातो सलाम तथा अभिवादन ।
बलात्कारी तथा हत्याराहरुले देशलाई नर्क जस्तै बनाई रहेको पीडाले मरुभूमिमा कर्म थलो बनाएका हामी नेपालीहरुलाई बेचयन बनाइ रहेको छ । देश बालत्कारीको आक्रमणले आक्रान्त छ, तसर्थ मरुभूमिबाट न्याय र सुशासन बिषयलाई ध्यानमा राखी ५ बुँदामा ध्यानाकर्षण गराउन चाहान्छु ।
बुँदा नम्बर १, तपाईं एक कुशल सैन्य कमान्डर तथा संबिधान सभा साहसिक सैन्य कमान्डर हो । बर्तमान एसिया कै शक्तिशाली प्रधानमन्त्रीको शक्तिशाली गृहमन्त्री हो । तपाइ ३ करोड जन्ताको सुरक्षाको जिम्मा लिनुभएको छ, त्यसकारण यो देशका सर्बसाधारणले आशाको धरोहर ठानेका छन ।
तर आज देशमा हत्या तथा बलात्कारले किन सिमा नाघी रहेको छ, के तपाईं हत्कडी लगाएर गृहमन्त्री बन्नु भएको हो ?
बुँदा नम्बर २, राम बादुर थापा ‘बादल’ हजारौ जन्ताको आशाको केन्द्र हुन सक्छन भनेर हामीले बिस्वास गरेका हौ । तर दिनहुँ बलात्कार, हत्याहिंसा हुनु तमाम ३ करोड नेपाली जनताले आज तपाइलाइ हजारौ प्रस्न तेर्स्याइ रहेका छन् । तपाईंलाई अशफल बनाउन बिपक्षीहरु निकै तानाबुना बुनिरहेको बेला तपाइले उठाएका एजेन्डा माथी प्रधानमन्त्रीको ठाडो हस्तक्षेप हुन्छ।
के यसरी जनयुद्ध जस्तो महान सस्थाको नाम कामरेड ‘बादल’ जिबित रहला त सम्मानित गृहमन्त्री ज्यु ?
बुँदा नम्बर ३, तपाइको कार्यकालमा थुप्रै मात्रामा बलात्कारका घटना घट्दै छन, यस्मा केही हदसम्म तपाइको पनि दोष देखिन्छ । किनकी तपाइले त्यस्ता हत्याराहरुलाइ आफुमातहतको मन्त्रालयले कार्बाही गर्न सकेन । निर्मला पन्तको हत्यारो अहिले सम्म पत्ता लगाउन सक्नु भएन ।
के तपाईं प्रधानमन्त्री केपी ओली र आफ्नो पद बाट नै डराउनु भएको हो ?
तपाईं हिम्मत राखेर दोषीलाई कार्बाही गर्नुहोस, हामी ३ करोड नेपाली जन्ताले साथ दिन्छौ । कंचनपुर घटना सेलाउन नपाउदै थुप्रै घटना सृखला बद्द ढंगले घट्दै जानु तर अपराधीलाई पहिचान गरि कारबाही नहुनुले साहसिक बादल नामबाट पछी हट्नु हुनेछ।
कानुनिउपचार भन्दा बलात्कारीलाई सिधा इन्काउन्टर गरेर वा लिङ्ग काटेर कारबाही गर्नुहोस । नत्र दोषी किटान भएकालाइ तुरुन्त फाँसीको कार्बाही अगाडि नबढाए सम्म तपाइको मन्त्री पद मात्र होइन बादल नाम पनि मेटीने छ सम्मानित गृहमन्त्री ज्यु ।
बुँदा नम्बर ४, पोखाराकी श्रीया सुनारको के दोष थियो र आखिर नाबालिकालाई बलात्कार गरि हत्या गरियो । जब सम्म नेपालमा एक दुई जनालाई तुरुन्तै फाँसीको कार्बाही हुदैन, तब सम्म यस्ता जघन्य घटना रोकिदैन गृहमन्त्री ज्यु । यस्मा तपाइको आदेशको पर्खाइमा छौ हामी तमाम तीन करोड नेपाली जनता । के फाँसीको ब्यबस्था ल्याउन सक्नु हुन्छ ?
बुँदा नम्बर ५, श्रीया सुनारको हत्यारा कुसुम पौडेललाई फाँसी नदिए, अर्को कुसुम जन्मिनेछन । देशमा अरु श्रीयाहरु बलकृत हुने छन । त्यसकारण गृहमन्त्री ज्यु फाँसीको कदमबाट पछि नहटी कुसुम पौदेललाई फाँसी दिनुस । कानुन भन्दा ठुको जनताको मुद्दा हो । यसको पर्खाइमा ३ करोड जनता छन् ।
अन्तमा साउदी जातिया विभेद बिरुद्द साझा अभियानले श्रीया सुनारको लागि तपाइलाइ सहयोग गर्ने प्रतिबद्ध पनि गर्दछौ।
देश बिदेशबाट तपाइको प्रसंसा चल्दै गर्दा बलातकारीहरुले तपाइलाइ विफलत तुल्याउन बदनाम गर्न लागिपरेका छन । हामी सच्चा नेपालीले तपाइलाइ सदाबर कदर गर्ने छौ तपाइले बलात्कारीलाइ फाँसी दिदै जानुहोस ।
सुबिन राज सेत्पाली रुकुम भुमे गाउपालिका ७ गुनाम
प्रतिक्रिया दिनुहोस