भाद्र १३, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वातावरण संरक्षणका लागि एक रुख काट्दा दश रुख रोप्नुपर्ने नीति ल्याईने बताए । नेपाल वातावरण पत्रकार समुहको आयोजनामा आज सुर्खेतमा भएको ‘संचार वहस: प्राथमिकतामा वातावरण’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले रुख संरक्षणका लागि एक रुख रोप्दा प्रोत्साहन स्वरुप एक शय रुपैया दिईने पनि जानकारी दिए ।
मुख्यमन्त्री शाहीले वातावरण विग्रनुको मुख्य जिम्मेवार राज्य नै रहेको वताउदै राजनीतिक स्थायित्वसंगै प्रदेश सरकार वातावरणको संरक्षण सहित दिगो विकासतिर लाग्ने बताए । गुरुयोजना विनाको अनियन्त्रित विकासले वातावरणमा नकारात्मक प्रभाव पारेको र प्रदेश सरकार कर्णाली विकासको वृहत गुरुयोजना निर्माणमा लागेको उनले बताए ।
मुख्यमन्त्री शाहीले गुरुयोजनाको अभावमा चालु आर्थिक वर्षको बजेट विकेन्द्रीत भएको र आगामी वर्षदेखि वजेटलाई केन्द्रीत नगरी परिणाममुखि र दिगो विकास योजनामा लगानी गरिने पनि जानकारी दिए । चिटका भरमा वजेट विनियोजन हुने परम्पराले एकातिर दिगो विकास र वातावरण संरक्षणमा नकारात्मक स्थिति श्रृजना भएको र अर्कोतिर भ्रष्टाचार वढेको मुख्यमन्त्री शाहीले बताए । ‘जुंगा हेरी भागविला लगाउने परम्पराले दिगो विकास हुदैन ।’ मुख्यमन्त्री शाहीले भने– ‘कर्णालीमा मन्त्री र प्रभावशाली नेता हेरेर वजेट दिने परम्पराको अन्त्य हुनेछ, गुरुयोजना अनुसार आवश्यकताका आधारमा वैज्ञानिक ढंगले मात्रै वजेट वितरण गरिनेछ ।’
कर्णालीलाई गरिव र मगन्तेका रुपमा हेरिएको वताउदै मुख्यमन्त्री शाहीले कर्णाली सवै प्रदेश भन्दा सम्पन्न प्रदेश भएको वताएो । ‘कर्णालीले सिंगो मुलुकलाई मात्र होईन अन्तराष्ट्रिय समुदायलाई समेत विद्युत, जडिवुटी, ईन्धन र खनिज उपलब्ध गराउने र कर्णालीवासीको ईच्छाशक्तिले अवको केही वर्षभित्रै कर्णाली प्रदेश सम्पन्न प्रदेश वन्ने विश्वास व्यक्त गरेका छन््।
प्रतिक्रिया दिनुहोस