श्रीमतीसँग सम्बन्ध भएको आशंकामा युवकको हत्या, दाङ पुगेर लेखे यस्तो स्टाटस


भदौ १३, काठमाडौं । श्रीमतीसंग अबैध समबन्ध राखेको आशंकामा दाङका एक व्यक्तिले धारिलो हतियार प्रयोग गरेर एक युवाको हत्या गरेका छन् ।

वैदेशिक रोजगारको सिलसिलामा दुबई रहेका दाङको लालमटियाका संजिव थापाले ओखलढुंगाको मोलुङ–३ का सन्तोष कार्कीको घरमै पुगेर धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् । कार्कीको शरीरमा १५ ठाउँमा चोट लागेको पाइएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशबहादुर सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधबार बिहान पक्राउ गरेको हो ।

हत्यापछि थापा ३ दिनसम्म हिँडेर दाङ पुगेको प्रहरीलाई बयान दिएका छन् । दाङ पुगेर घटनाको ६ दिनपछि उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै कार्कीको हत्या गरेको स्वीकारेका छन् ।

उनले भनेका छन्, ‘सन्तोष कार्कीले मलाई वर्षैंदेखि दुःख, पीडा दिनु र बदनाम गराइदिनाको कारण सोधपुछ गर्न र सम्झाउन ५ गते उसको घर पुगेको थिएँ । तर, उल्टै ममाथि हातपात गर्न पुग्दा धारिलो हतियार प्रयोग गरी अन्तिम विकल्प स्वरुप उसलाई दण्ड दिएको हुँ ।’

उनले सत्य, तथ्यको वास्तविक कारण कार्कीकै मुखबाट जान्नका लागि आवश्यकताभन्दा बढी प्रहार गरेको पनि उल्लेख गरेका छन् । मर्ने वेला कार्कीले आफ्नो गल्ती समेत स्वीकारेको दाबी गर्दै उनले अगाडि भनेका छन्, ‘मेरा सबै विकल्पहरु असफल हुँदा दण्डलाई नै अन्तिम विकल्प बनाउन पुग्दा मबाट गल्ती भएकै हो ।’

उनले गल्ती गर्ने जो कोही कानुनको भागिदार हुनै पर्ने भन्दै कानुन समक्ष आत्मसमर्पण गर्ने बताएका थिए । तर, उनी लुकीछिपी बस्दै गरेको अवस्थामा बुधबार बिहान समातिएका छन् ।

प्रारम्भिक सोधपुछका क्रममा थापाले आफ्नी श्रीमतीसँग सम्बन्ध भएका कारण कार्कीको हत्या गरेको दाबी गरेका छन् । उनी कार्कीको हत्या हुनु केहीदिन अगाडि मात्रै नेपाल आएका थिए ।

हत्यापछि बिभिन्न तथ्यलाई आधार बनाएर कल डिटेल रेकर्ड लगायत चेक, जाँच गर्दा प्रहरी थापासम्म पुगेको थियो । अनुसन्धान जारी रहेकै वेला थापाले ३ दिन अगाडी अर्थात २६ अगस्टमा फेसबुकमै स्टाटस पोष्ट गरेर कसुर स्वीकारेपछि प्रहरीको शंका पुष्टि भएको थियो ।

थापाले श्रीमतिसँग सम्बन्ध भएको आशंका गर्दै हत्या गरे पनि हालसम्मको अनुसन्धानले उनीहरुबीच सम्बन्ध भएको नदेखाएको प्रहरीले बताएको छ ।

यस्तो छ थापाले दाङ पुगेर लेखेको स्टाटस 

१३ भाद्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको