नेपाललाई तेस्रो सफलता, सन्दिप लामछानेको थ्रोमा रन आउट


भदौ १३, काठमाडौं। एसिया कप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले ओमनको तेस्रो विकेट लिएको छ ।

ओमनका भैभव वाटेगओंकरलाई सन्दीप लामिछानेले रनआउट गराए । ओमनले ३७ औं ओभरको खेल चलिरहँदा ३ विकेटको क्षतिमा १४७ रन बनाएको छ ।

यसअघि ओमनका ओपनर ब्याट्सम्यान जतिन्दर सिंह ३० रन रनआउट भएका थिए भने नेपालका कप्तान पारस खड्काले पहिलो विकेटको रुपमा अकिब इल्यासलाई १६ रनमा एल्बिडब्लु आउट गराएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२१ रन बनाएको थियो । नेपालका लागि सागर पुनले उत्कृष्ट प्रदर्शन गरे । उनले ८३ रन बनाएर रनआउट भए । उनले ८४ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, नेपालका लागि ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाए । आरिफ शेखले ३६ रन बनाए। उनले सागर पुनसँग मिलेर ९२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । त्यस्तै, नेपालका लागि करण केसीले विष्फोटक ब्याटिङ गरे । उनले १० बलमा २६ रन बनाए ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा ओमनका लागि विलाल खान, मुहम्मद नदिम र अजय भि्रज्लाल लिल्चेताले समान २-२ विकेट लिए ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।

१३ भाद्र २०७५, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको