दाङमा करेन्ट लागेर एक जनाको मृत्यु


पुस १३, दाङ । दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा घोराही उपमहानगरपालिका वडा नम्वर १७ बस्ने बर्ष २८ बर्षिय शंकर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घोराही ६ चैनपुर स्थित घोराहीबाट जन्द्रागाउँतर्फ जादै गरेको रा १ ख ४६८ नम्वरको बस रोकेर छतमा भएको सामान झार्ने क्रममा शुक्रवार दिउँसो पौने तिन वजेतिर विजुलीको तार छुदा उनलाई करेन्ट लागेको प्रहरीको भनाई छ ।

उनी सोहि गाडी धनी भएको बताईएको छ । करेन्टर लागेर गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले बताएको छ । मृतकको शवलाई अस्पतालको शवगृहमा राखिएको छ ।

२०७५ पुष १३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको