मलेसियामा विदेशी कामदारलाई नयाँ नियम लागू (कामदारले पाउने सुविधासहित)


पुस १३, काठमाडौं । मलेसियाको रोजगारदाता(कम्पनी)हरुले विदेशी कामदारहरुलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा संस्था (SOCSO) मा दर्ता गराउनु पर्ने नयाँ व्यवस्था लागू हुने भएको छ ।

हाल विदेशी श्रमिक क्षतिपूर्ति योजना (FWCS) अन्तर्गत रहेकोमा सन् २०१९ जनवरी १ देखि विदेशी कामदारहरुलाई सामाजिक सुरक्षा संस्थामा आवद्व गर्ने व्यवस्था मलेसिया सरकारले गरेको हो ।

अबदेखि रोजगारदाताले सामाजिक सुरक्षा बापत श्रमिकको मासिक न्युनतम पारिश्रमिकको १.२५ प्रतिशत रकम सामाजिक सुरक्षा संस्थामा बुझाउनुपर्नेछ। यो रकम कामदारले तिर्नुनपर्ने साथै रोजगारदाताले कामदारको तलबबाट कटाउन पनि नपाउने व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा संस्था मार्फत दर्ता भएका कामदारहरुले स्वास्थ्य उपचार, स्थायी तथा अस्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ता तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता र पुन: स्थापना सुविधा प्राप्त गर्ने मलेसिया स्थित नेपाली दुतावासले जनाएको छ।

यो सुविधा मलेसियामा बैधानिक रुपमा बसेका कामदारहरुले मात्र प्राप्त गर्न सक्ने जनाइएको छ । मलेसियामा हाल कार्यरत नेपाली कामदार तथा मलेसिया जाने तयारीमा रहेकाहरुले आ-आफ्नो रोजगारदातासंग सम्पर्क गरि आफुलाई सामाजिक सुरक्षा संस्थामा दर्ता गराउन मलेसिया स्थित नेपाली दुतावासले आग्रह गरेको छ ।

२०७५ पुष १३,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको