दाङमा बेवारिसे अबस्थामा एक पुरुषको सब फेला


पुस १३, दाङ । दाङमा वेवारिसे एक पुरुषको मुत्यु भएको छ ।

लमही नगरपालिका ५ बसपार्क नजिकै नाम ठेगाना नखुलेका अन्दाजी ४५÷४६ का पुरुष शुक्रवार बिहान ७ वजेतिर बेवारिसे अवस्थामा उनी बेहोस अवस्थामा फेला परेको र उनलाई उपचारका लागी प्रहरी टोलीले लमही अस्पतालमा लगेपनि उनको उपचारकै क्रममा १० वजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मृतकको शवलाई सोहि अस्पतालको शवगृहमा राखीएको प्रहरीले जानकारी दिएको छ । स्थानियका अनुसार उनी केहि दिन देखी वेवारिसे अवस्थामा सडकपेटीमा जिवन विताउदै आएको बताईएको छ ।

१३ पुष २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको