मङ्सिर १२, कालिकाेट । सबै बिद्यालय तथा समुदायकाे अगुवाइमा गाँउपालिका भरि पूर्णसरसफाइ अभियान साथै महिनावारी स्वच्छता नमुना अभियान चलाउन निर्देशन दिदै गाँउपालिकाे प्राथामिकताका राखेकाे गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले बताएका छन।
पचालझरना गाँउपालिकामा बिद्यालयमा अाधारित पूर्ण सरसफाइ बिषयक दुइदिने तालिम समापन कार्यक्रममा प्रमुख बक्ताकाे रुपमा बाेल्दै सरसफाइको महाअभियानलाइ बिद्यालय र समुदायमा सबैलाइ बुझाउन अावश्यक भएकाे भन्दै यस्ताे बताएका हुन ।
कालिकाेट जिल्लामा महिनावारीकाे बिषयमा बुझाइ अलि फरक भएकाेले बालबालिकाले अामा बुबालाइ बुझाउनु पर्ने र पछि रहेकाे सामुदायलाइ अगाडि लैजान चेतनामुलक कार्यक्रममा नेपाल रेडक्रस साेसाइटीले साथ दिएकाेमा खुसि समेत ब्यक्त गरे ।
गाउपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाकाे अायाेजना तथा नेपाल रेडक्रस साेसाइटी कालिकाेट जिल्ला शाखाकाे सहजिकरण सहभागितामा बिद्यालयमा अाधारित शिक्षक नायक र जुनियर रेडक्रस सर्कलका पदाधिकारिहरुका लागि बिद्यालयमा अाधारित पूर्ण सरसफाइ र महिनावारी स्वच्छता बिषयमा पहिलाे चरणकाे दुइदिने तालिम सम्पन्न गरिएकाे हाे ।
पचालझरना गाउपालिकाकाे वडा नं १ देखि ५ सम्मका कक्षा ६ देखि माथि संचालनमा अाएका बिद्यालयहरु बाट १/१ जना शिक्षक शिक्षिका १/१ जना केटा केटी गरि जम्मा २८ जना शिक्षक र बिद्यार्थि तालिममा सहभागि रहेका थिए ।
दुइदिन सम्म संचालन गरिएकाे कार्यक्रमकाे सहजिकरण नेपाल रेडक्रस साेसाइटी सिइएचपी नेपालगंजका वास अफिसर शंकर भट्टराइ र नेपाल रेडक्रस साेसाइटी कालिकाेट जिल्ला शाखा जिल्ला कार्यक्रम संयाेजक टेकम वलीले सहजिकरण गरेका थिए।
यस पश्चात् गाँउपालिकामा रहेका सबै बिद्यालयमा पूर्ण सरसफाइ तथा महिनावारी स्वच्छता बिषयमा कार्यशाला संचालन गरि बिद्यालय स्थरकाे खानेपानी,सरसफाइ तथा स्वच्छता याेजना तयार गर्न सहजिकरण गर्ने सहयाेगि निकाय नेपाल रेडक्रस साेसाइटी कालिकाेट जिल्ला शाखाले जनाएकाे छ ।
कालिकाेट जिल्लाकाे पचलझरना गाउपालिकामा नेपाल रेडक्रस साेसाइटीले “स्वास्थ्य र खानेपानी सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक सहकार्य कार्यक्रम संचालनमा रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस