नेपाल पत्रकार महासंघद्वारा गिरफ्तार पत्रकार गोपाल चन्दको रिहाईको माग


मङ्सिर १२, काठमाडौं । पुर्ब प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डको बारे समाचार लेख्ने पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई मङ्सिर ११ गते प्रहरीले गरेको गिरफ्तारी प्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रहरीले पटकपटक आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर पत्रकारलाई पक्राउ गर्नु र मुद्दा चलाउनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको महासंघले जनाएको छ ।

महासंघका महासचिव रमेश बिष्ट द्वारा जारि प्रेस बिज्ञप्तिमा भनिएको छ, संचारमाध्यमबाट प्रकाशित तथा प्रसारित सामाग्रीका बारेमा छानबिन गर्न र कारबाही गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाइ छ । काउन्सिल अधिकारक्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीबाट बारम्बार पत्रकार पक्राउ गरिनु र बिभिन्न कानुन अन्तर्गत मुद्दा चलाउने कार्यले संचार जगतलाई हतोत्साहित बनाएको छ ।

प्रहरीद्वारा पत्रकार माथि हुने प्रेस तथा अभिव्यक्ति स्वतन्त्र बिरोधि कार्य बन्द गर्न आग्रह गर्दै गिरफ्तार पत्रकार चन्दलाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग समेत गरेको छ ।

हेर्नुहोस बिज्ञप्ति: 

 

२०७५ मंसिर १२,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको