टिकाराम वली/पोष्टपाटी । दशकौं लादिएको निरंकुश पञ्चायत ढाल्न हजारौंले प्राणको आहुति दिएकै हो । त्यही बलिदानको बलमा प्रजातन्त्र आयो भनेर बजारमा राम्रो बिज्ञापन आएकै थियो । तर नेपाली जनताले प्रजातन्त्रको स्वाद लिएपछि नै थाहा भयो प्रजातन्त्र पनि राजसंस्था कै मातहतमा हुर्काउन खोजिएको नाममात्रको प्रजातन्त्र रहेछ ।बाहिर बोरा राम्रो भएर के भयो र बोरा भित्र कुहिएको आलु मात्र थियो ।
त्यही अत्याचारी प्रजातन्त्रको विरुद्ध सुरु भएको जनयुद्ध २०५२ साल फागुनबाट विकट गाउँघरबाट सुरु भयो। दश वर्ष चलेको सशस्त्र जनयुद्धको बलमा लोकतान्त्रिक गणतन्त्रको सब्दजाल भित्र पनि संसदीय प्रजातन्त्रभन्दा माथि उठ्न सकेन। १७ हजार भन्दा धेरैको बलिदानीले भिजेको संविधान आज त्यही संसदीय व्यवस्था कै निम्ति हराएको इतिहास बन्यो ।
जनयुद्धको अन्त्य र संसदीय व्यवस्थाको स्थापना कम्युनिस्ट आन्दोलन गम्भीर असफल अभ्यास थियो ?लाखौं जनताको दमदार आन्दोलन र। हजारौं शहिदले सजिएको गणतन्त्रको परीक्षण पनि भै सक्यो ।समय कालखण्ड बद्लिए, तन्त्र बद्लिए कुर्सीमा पुग्ने ब्यक्ति बदलिए ।तर ति कुर्सी र तन्त्रहरुको व्याख्या अपव्याख्या गर्ने पात्रहरु भने सदियौं देखि उही नै रहे। त्यही बर्गको कुर्सी रह्यो जसको विरुद्ध हजारौंको बलिदान भएको छ ।जसको विरुद्ध लाखौं मान्छे अङभङग छन् ।
संकटकाल लगाउने र सर्वहारा बर्गको राज्य माग्नेहरु नेपाली राजनीतिमा सक्रिय नै देखिन्छन्। अझ जनयुद्ध संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको आन्दोलन दबाउन सिधासिधा बन्दुक दाब्नेहरु ससम्मान पदकबाट विभूषित भएका छन्। तक्मा दिनेहरु गणतन्त्रको माग गर्नेहरु पात्रहरु हुन् । तिनै पात्र हुन् जसले गणतन्त्र र संविधानसभाको नेतृत्व गरेको दावी गर्छन्।
पुरानै तन्त्रमा फेरिएका नव शासकहरु बन्नु बाहेक खासै परिवर्तन भएन । खासमा चाहिएको व्यवस्था परिवर्तन हो । मानव समाजवाद हो । अहिले बद्लिएका फगत भासण भासण भित्रको अनेक अर्थ मात्र भयो ।हरेकले जालझेल र अनेक अर्थ लगाउन सक्ने आलुको बोराभित्र कुहिएको गन्ध मात्र आउछ । हामीले मुलुक हाँक्न कथित पात्रहरुलाई दिएको प्रजातन्त्र र त्यसको जगमा पलाएको गणतन्त्र पनि जालझेल र षड्यन्त्र मै भुलेको छ ।हामी धेरै आक्रोशमा थियो ।बिहान नहुदै हातमुख नधुदै हत्तारिएर निरंकुश व्यवस्था विरुद्ध कतै कालो झण्डा फर्फराउँदै गोली खान अघि बढ्यो कतै बम गोलि र गोलि कठ्ठा सहित भीषण लडाइ चल्यो।
मेरो मन दुखाइ आन्दोलन संघर्ष र बलिदानमा कदापि होइन । सानो बाल्यकालकाल बाट पाएको बिद्रोहि शिक्षा भित्र मानवजातिको सुन्दर सपना भित्र हराएर । अहिले पुजीवादी समाजमा बाच्नु पार्ने बाध्यता सामन्य छैन । सानै उमेर देखी बिद्रोह र न्यायको लागी गरिएको अनेक लक्ष्य भित्र देखिएको साम्यवाद हराएको सुन्दा मनका काँडा बिजेको छ। चित्त दुखेको छ। अनि आक्रोश पोख्न मन लाग्छ । त्यो भर्भराउँदो जीवन कसै मन्त्री बन्नको लागी मात्र थिएन । पद र पैसाको ब्यापार गर्नको लागी पनि थिएन ।
त्यसकारण अनेकौं प्रश्न सोध्न मन लाग्छ। राजनीतिक जिबन समाजको सेवा भित्र पाएको पद हो । त्यही पद र त्यही सेवाबाट पाएको सम्मान मन्त्री हो । अब त्यहाँबाट पाउने अधिकार दुरुपयोग नहोस् भन्ने आम नागरिकको चाहना हुन्छ नै । आज अस्पतालमा उपचार भन्दा पहिला पैसा जम्मा गर्नु पर्छ।स्कुलमा किताब भन्दा पहिला पैसा बुझाएको हुनुपर्छ । ठाउँ ठाउँमामा विकास बजेट काम सुरु नहुदै सिधिन्छ । कुन जिज खान र उपयोग उपयुक्त होला भनेर खोजतलास भयो भन्ने । जहाँ घुसपैठ भित्र पास भएको छ ।बाहिर त्यही ठिक हुन्छ । सडक सानो छ । कस्तो सवारी कतिबेला चलाउनु पर्छ ।भन्ने ध्यान नै छैन । जति लोड संग भएपनि पावर र पैसा संग जतासुकै गुड्ने इजाजत पाउछ । अनि हामीले आलोचना गर्दा नराम्रो लाग्छ होला । त्यो पदलाई केहि पात्रहरुले दिएको संमान भित्र रम्न मन लाग्छ होला ।
यदि माक्र्सवादी हो भन्ने सन्सार देख्न सक्छ । यदि मानवीय प्रतिनिधि हो भन्ने सबैको सुन्न सक्छ । होइन यस्तै रह्यो भन्ने विकल्प खोज्ने अधिकार जनता संग छ । लाखौं युवा सहज श्रमको प्रतीक्षामा लामो समय भै सक्यो । प्रत्येक महिना दिदि बहिनीमाथिको बलात्कार भै रहेको छ । निर्मला पन्तको बलात्कार अझै सम्म पत्ता लाग्दैन । सुन कान्ड भित्र गोरेको बयान कता हरायो । सबै अपराध हराउँदै जाने हो भन्ने किन चाहियो संविधान,कानुन र सरकार ?
(लेखक-पुर्बलडाकु हुन्)
प्रतिक्रिया दिनुहोस