दाङमा टिप्पर आतंक, स्थानियद्वारा धुलो नियन्त्रण गर्न माग


कात्तिक ११, दाङ । सडकमा क्रसर उद्योगका टिप्पर र ट्याक्टरले अत्यधिक धुलो उडाउदा नागरिकको स्वास्थ्य बिग्रन थालेपछि स्थानीयवासीले धुलो नियणत्रण गर्न माग गरेका छन् ।

दाङको कालाकाटे–गढवा सडक खण्ड अन्तरगत चल्ने टिप्पर तथा ट्याक्टरले उडाएको धुलोले आफुहरुको स्वास्थ्य बिग्रन थालेको स्थानीयवासीको भनाई छ ।

क्रसर उद्योगबाट गिट्टी, बालुवा लिएर दिनहुँ चल्ने टिप्पर तथा ट्रेक्टरले धुलो उडाउदा स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै घर नै धुलोले पुरिएको भन्दै आफुहरुले धुलो नियणत्रण गर्न माग गरेको गढवा गाउँपालिका वडा नं. १ का स्थानीयवासी नवराज शर्माले बताए ।

दिनहुँ करिव ५/६ सय टिप्पर आवात जावत गर्दा उड्ने धुलोले जेठानगाउँ, पत्रिङगा, बड्हरा, बनबारी, बनघुस्री,मलमला, कालाकाटे,धोद्रे,टहडा र जुरौनी गाउँका करिव ११ सय घरधुरीले सास्ती खेप्नु परेको छ ।

साथै आज धुलो नियणत्रण गर्न माग गर्दै विहान ८ बजे देखि दिउसो ३ बजे सम्म स्थानीयवासीले सडक बन्द गरेका थिए । बाटो बन्द भएपछि गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीको पहलमा क्रसर उद्योगका सञ्चालक र स्थानीयवासीबीच भएको छलफलले दिनहु बाटोमा पानी हाल्ने, बाटोमा भएका खाल्डा खुल्डी पुर्ने तथा मर्मत गर्नेलगायतको सहमती पछि सडक खोलिएको हो । गढवा गाउँपालिका भित्र हाल १३ वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् ।

११ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको