कात्तिक ११, दाङ । दाङको देउखुरीबाट गोरु ओसारपसार गरिरहेका ९ वटा ट्रक नियणत्रन्मा लिईएको छ ।
विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीले २६ गोरु सहित ९ वटा ट्रकलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
अवैध रुपमा गोरु ओसारपसार गरेको भन्दै देउखुरीको गढवा गाउँपालिका ९ अमिलियाबाट ट्रकलाई नियन्त्रणमा लिएको आईतबार पत्रकार सम्मेलन गरि नेकपा दाङका सदस्य सुरज परियारले जानकारी दिए ।
नेपालगञ्जबाट गढवा हुदै भारत तर्फ लग्ने तयारीमा रहेको भन्दै ट्रकको लाइसेन्स,ब्लुबुक र साँचो आफ्नो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
सो सडक खण्ड भएर नियमित गोरु ओसारपसार हुँदा पनि प्रहरी प्रशासन मुखदर्शक भएको अरोप समेत लगाए ।
प्रतिक्रिया दिनुहोस