गायिका निसा राईको स्वरमा ‘प्रेमबाट’ सार्वजनिक (भिडियो)


काठमाडौं । गायिका निसा राईको स्वरमा रहेको ‘प्रेमबाट’ बोलको गीतको भिडियो बजारमा आएको छ ।

युवा युवती भित्रका प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ। मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ ।

रेमन राईको बास्तविक जिवन भाोगाईलाई समेटेर रेमन राईको शब्द सिर्जनामा गीत बजारमा आएको हो । इसान राईको संगीत संयोजनमा रहेको गीतमा प्रेम पछिको विछोडलाई कलात्मक रुपमा समेटिएको छ ।

महेश थापाले एरेन्ज गरेको गीतलाई निकै राम्रो तरिकाबाट समेटिएको छ । भुपेन्द्र तुम्वाहाम्फेको छाँयाँकन, विकाश धमलाको सम्पादन, दिनेश मेगमुको निर्देशन भिडियोमा रहेको छ ।

‘प्रेमबाट ’ गीतमा मिलन क्षेत्री, सलिना घिसिङ, असोक लिम्वु र माया लामाको फिचरिङ रहेको छ ।

११ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको