सरकार आफ्नो कार्यशैलीमा पुरै फेल भैसकेको छ: रविन्द्र मिश्र


कात्तिक ११, पोखरा । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अहिलेको सरकारले जनतामा घोर निराशाको प्रवाह गरेको बताएका छन् ।

साझा विवेकशील पार्टीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यति शक्तिशाली सरकारले यस्तो व्यवहार देखाउनु विडम्बना भएको प्रतिक्रिया दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै मिश्रले पुरै अधिकारसम्पन्न सरकार हुँदा पनि अरुलाई दोष दिएर आफुहरुले केहि गर्न नसकेको बताउनु सरकारको लज्जास्पद व्यवहार भएको बताए ।

उनले भने–‘कसैले आलोचना गरेको देख्न नसक्ने अनि आफ्ना कार्यकर्तालाई अरिंगाल भएर जाइलाग्न निर्देशन दिने सरकारको नेतृत्व देखेर साँच्चै विरक्त लागेर आउँछ ।’ मिश्रले भने–‘सरकार आफ्नो कार्यशैलीमा पुरै फेल भैसकेको छ ।’

सरकारको जस्तै लाचारीपना प्रमुख प्रतिपक्षी दलको पनि देखिएकोले जनतामा झन् बढि निराशा प्रवाह भएको उनले बताए । जनताको अपेक्षा पुरा गर्ने सम्बन्धमा केहि पनि गर्न नसकेको सरकार र उस्तै प्रतिपक्षका कारण अब वैकल्पिक शक्ति नरोजी जनताले सुखै नपाउने उनले दाबी गरे । ‘अब त जनताले पनि हामी अहिलेसम्म भ्रममा रहेछौँ भन्ने कुरा महशुस गरिसकेका होलान् ।’

२०७५ कार्तिक ११,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको