नेपाली जनप्रगतिशिल मोर्चाले राखेको हाजिर जवाफमा खाम समाज प्रथम


कार्तिक ११, रुकुम । नेपाली जनप्रगतिशिल मोर्चाले राखेको खुल्ला हाजिरजवाफ प्रतियोगितामा खाम समाज युएईले प्रथम स्थान हासिल गरेको छ । दुबईको जेविल पार्कमा संचालित कार्यक्रममा पाँच टिममा भएको प्रतिस्पर्धामा खाम समाजले प्रथम स्थान हासिल गरेको हो।

सोधिएको ४० प्रश्नमा खाम समाजले १३ अंक प्राप्त गरेको थियो । क्रमशः सुनसरी समाज द्वितीय र नेश्नल मंगोल अर्गनाइजेसन युएईले तृतिय स्थान हासिल गरेको थियो ।

युएईमा रहेर पनि नेपाली मज्दुरका सुखदुःखमा उल्लेखनिय कार्य गरेको भन्दै मोर्चाका सल्लाहकार शमर खत्री, उपाध्यक्ष कमल पोखरेल र सचिव प्रेमा सुब्बालाई प्रमाणपत्र सहित मोर्चाले सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी नेपालवाट आउनु भएका जनअधिकार अभियान नेपालका महासचिव राम कुमार भन्डारी र विशेष अतिथिमा उहाँकै आमा लक्ष्मि भन्डारी हुनुहुन्थ्यो । उहाँको श्रीमान तेज बहादुर भन्डारीलाई २०५८ पुस १६ गते तत्कालीन शाहिसेनाले बेपत्ता पारेको थियो । जनअधिकार अभियानले द्वन्दकालमा राज्य र बिद्रोही पक्षवाट बेपत्ता पारिएका बेपत्ता नागरिकहरुको मानवअधिकारको पक्षमा बोल्दै आएको छ ।

२०७५ कार्तिक ११,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको