ज्युउदा जोथन बुढाको बिदेशमा मृत्युको हल्ला भएपछी…


कार्तिक ११, रुकुम । पुथा उत्तरगङ्गा गाउँपालीका काजरजङ घर भएका जोथन बुढाको मलेसियामा मृत्यु भएको अफवाह हल्ला गाउँमा फैलिएको छ । राती सुतेको मान्छे बिहान मृत्यु भएको सनसनी खबर फैलिएकाले गाउँमा सबै आफन्तजन चिन्तित थिए ।

परिवारको कुनै सदस्यको मृत्यु भयो भने त्यो बर्षभरिको चाडपर्व नमनाउने हुनाले गाउँका आफन्तहरुले खानेकुराहरु लिएर जान्छन् र समबेदना प्रकट गर्ने चलन छ ।

जसलाई स्थानीय भाषामा `मामानिन्या´ भनिन्छ । दशै भर्खरै सकिएको छ । केही आफन्तहरु खवर पाएर दशैमा समबेदना प्रकट गर्न `मामानिन्या´ समेत लिएर उनको घर पुगेको जोथनले दुखेसो पोखे । `कोहि आफन्तहरु दशैमा नभई तिहारमा `मामानिन्या´ ल्याउने खबर परिवारहरुलाई पठाएका रहेछन् ।

यस्तो हल्ला कसरी फैकियो आफै अचम्मित छु ।´उनले पोष्टपाटीलाई जानकारी दिए ।

´गाउँमा त्यस्तो हल्ला फैलिएको रहेछ । हामी त पछी थाहा पायौं । सपना जस्तो लाग्यो । पछि सम्पर्क गर्दा उहाँ कुसलै हुनुहुने रहेछ । अझै पनि त्यही नराम्रो खबर समनामा आइरहन्छ´ शुरुमा आफ्नो श्रीमानको मृत्युको खबर सुनेर जोथनका श्रीमती इश्वरलाख घर्ति आफु झन्डैले बेहोस भएको क्षण सम्झिदै भने । हल्ला कसरी फैलियो ? श्रीमतीलाई पनि थाहा छैन । अहिले आफ्नो श्रीमान कुशल रहेको खबरले भने दङ्ग छन् ।

२०७५ कार्तिक ११,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको