को बन्ला मिस्टर एन्ड मिस थारू?


कार्तिक ११, काठमाडौं। सुन्दरी प्रतियोगितामा सहभागी भएपछि अवसरका अनेक ढोका खुल्ने हुँदा अचेल विभिन्न जातिकेन्द्रित प्रतियोगिता पनि हुँदै आएका छन्। यसै क्रममा सिजन–२ को ‘मिस एन्ड मिस्टर थारू प्रतियोगिता’ आगामी कार्तिक १७ गते राष्ट्रिय नाचघरमा हुँदैछ।

हाल प्रतियोगीहरु भोट माँग्न ब्यस्त छन्। कैलालीका मिस्टर थारू प्रतियोगी पुलकित चौधरीले मिस एन्ड मिस्टर थारू प्रतियोगितामा के विजयी बन्ला भनेर ढुकढुकी बढेको बताए।

सहभागीहरुले दसैंअघि मण्डला थिएटरमा आयोजित ट्यालेन्ट सो कार्यक्रममा आआफ्ना प्रतिभा देखाएका थिए। उनीहरूले कविता वाचनदेखि गायन, नृत्य, अभिनयबाट आआफ्ना प्रतिभा प्रस्तुत गरेका थिए।

मिस एन्ड मिस्टर थारू कार्यक्रमका प्रबन्ध निर्देशक सुरेश चौधरीका अनुसार प्रतियोगितामा १५ पुरुष र १४ महिला सहभागी छन्। सहभागीलाई सन् २००५ मा मिस नेपाल प्रतियोगितामा मिस बब्ली उपाधि चुमेकी निशा चौधरीले कोरियोग्राफी सिकाउँदै छिन्।

गत वर्षका मिस्टर थारू विजेता चन्दन चौधरीले सकारात्मक सोच राख्ने जोकोही पनि मिस्टर नेपालको हकदार हुने भएकाले प्रतियोगितामा सहभागी सबै मिस्टर थारू भएको बताए। गत वर्षको सिजन १ मा ४८ जना सहभागी थिए। – अन्नपुर्ण पोष्ट

११ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको