नक्कली प्रमाणपत्रले जागिर खानेमा शिक्षक बढी


कात्तिक ११, काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्येमा सबैभन्दा धेरै शिक्षक भेटिएका छन्।

यो खबर आजको नागरिकबाट लिएका हौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका हुन्।

रबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको हो। विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ।

अख्तियारमा उजुरी परी अनुसन्धानबाट ठहर भएकामध्ये प्राथमिक र निम्नमाध्यमिक विद्यालय स्तरमा पठनपाठन गराउने शिक्षकका प्रमाणपत्र र लब्धांकपत्र नक्कली भेटिने गरेका हुन्। जागिर खाइरहेका र कतिपय जागिरबाट निस्केका समेतको नक्कली प्रमाणपत्र भेटिने गरेको छ।

विशेष अदालतले शुक्रबार मात्रै चारजना शिक्षकको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर ग-यो। विशेष अदालतबाट एकैदिनमा हरिचन्द्र काँदु गुप्ता, भगवती क्षेत्री गौतम, भुवनराज पण्डित र राजेशकुमार चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली ठहर भएको थियो।

एसएलसीलगायतका प्रमाणपत्र नक्कली बनाएर जागिर खाएको उजुरी अख्तियारमा पर्ने गरेको छ। अख्तियारमा पर्ने सबैभन्दा धेरै उजुरी नक्कली शैक्षिक प्रमाणपत्रकै हुने गरेका छन्। उजुरीमाथि प्रारम्भिक अनुसन्धान गरी अख्तियारले विशेष अदालतमा आरोपपत्र दर्ता गर्ने गरेको छ।

११ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको