ट्रकको ठक्करबाट ज्यान गुमाउनेकाे परिवारलाई ३६ लाख


कात्तिक ११, काठमाडौं । सहचालकले चलाएको ट्रकले किचेर काठमाडौंको तारकेश्वर नगरपालिका–५ बोहोराटारमा ज्यान गुमाएका मृतकका आफन्त र ट्रक धनीबीच शनिबार प्रहरी प्रभाग बालाजुमा सहमति भएको छ ।

शुक्रबार बिहान १० बजेको घटनापछि आन्दोलित भएका मृतकका आफन्त एवं स्थानीयवासी र नवलपरासीको नवलपुर देवचुली–१६ का ट्रकधनी मनिराम महतोबीच दिनभर भएको वार्तापछि मृतकका परिवारलाई प्रतिव्यक्ति १२ लाख रुपैयाँ राहत दिने सहमति भएको हो ।

लोलाङ माइक्रोपार्कनजिकैको मेट्रो ट्रेडर्समा सिमेन्ट झारेर फर्कने क्रममा ना६ख ७८२६ नम्बरको १२ पांग्रे ट्रकले सडकपेटीबाट पैदल हिँडिरहेका तीन जनालाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको अस्पतालमा मृत्यु भएको थियो । राजधानी दैनिकमा खबर छ ।

११ कार्तिक २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको