कारवाही परेका व्यक्तिले मेरो नामको दुरुपयोग गरे: योगी


असोज १२, सुर्खेत । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य जगदिशनाथ योगि राजकुमारले पार्टी र संगठनको कारवाहीमा परेकाले आफ्नो नाम दुरुपयोग गरेको भन्दै अापत्ति जनाउनुभएको छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै केन्द्रीय सदस्य योगिले संगठनले देशब्यापि आफ्नो अभियान तिब्र पारिरहेका बेला केही गलत र संगठन तथा मातृ पार्टी नेकपाको कारवाहीमा परिसकेका व्यक्तिले छुट्टै संगठन बनाएको भनेर भ्रम फैलाएको आरोप समेत लगाउनुभएको छ ।

उहाँले डिल्लीराज रावतको अध्यक्षमा संगठन बनेको र आफूलाई केन्द्रीय सदस्य भन्दै नाम राखेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । विज्ञप्तिमा उहाँले भन्नुभएको छ,‘संगठनका अध्यक्ष प्रकाश डुम्रेसहितको पदाधिकारी टोली अभियानमा लागिरहेका बेला काठमाण्डौमा केही झुण्डले संगठनलाई बदनाम गर्ने प्रयास गरेकोप्रति गम्भीर आपत्ति प्रकट गर्दछु ।’

केन्द्रीय सदस्य योगिले संगठन र मातृ पाटी नेकपाको निर्णयप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नु भएको छ । उहाँले भन्नुभएको छ,‘त्यसैले डिल्लीराज रावत अध्यक्ष रहेको संगठन आधिकारिक नरहेको र म त्यसमा नरहेको प्रष्ट पार्दछु ।

योगिले मातृ पाटीको निर्णय अनुसार प्रकाश डुम्रे अध्यक्ष रहेको टिम नै आधिकारिक रहेकोमा प्रष्ट रहेको र आफू प्रकाश डुम्रे अध्यक्ष रहेको अाधिकारीक केन्द्रीय समितिको केन्द्रीय सदस्य भएको योगिले जनाउनुभएको छ । योगि लगाएत केहि सदस्यहरुको नाम जोडेर अबैध भेलाले केन्द्रीय सदस्य भन्दै विज्ञप्तिमा प्रचार गरेका थिए ।

गत बिहिवार सुर्खेतमा अायोजित केन्द्रीय कार्यक्रममा योगि अाफैले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको अध्यक्षता सगँठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले गरेका थिए ।

१२ आश्विन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको