साउदी जेलमा रहेका कुमारलाई दिलबहादुर घर्ती बचाउ अभियानको ७ लाख सहयोग


असोज १२, काठमाडौं । विगत ६ वर्षदेखि वैदेशिक रोजगारमा गएका कुमार राना मगर गत असोज १० गतेदेखि साउदीको जेलमा जीवन बिताईरहेका छन् ।

जेलजीवन बिताइरहेका गोरखा भिमसेन गाउपालीका–७ बोर्लाङका रानाको जीवन रक्षाका लागि ‘ब्लडमनी डोनेसन’ अभियान सञ्चालन गरिएको थियो ।

रानामगरसँगै रोल्पा धवाङका दिलबहादुर घर्तीमगर पनि केही समयअघि साउदीको जेलमा थिए । घर्तिमगर र कुमार रानामगरलाई उद्दार गर्नका लागि सँगसँगै अभियान सञ्चालन भएको थियो । ‘घर्तीमगर बचाउ अभियान’का संयोजक दिपेश पुन थिए भने ‘रानामगर बचाउ अभियान’का संयोजक कृष्ण ढकाल थिए ।

दिलबहादुर घर्तीमगर ब्लड मनि तिरेर नेपाल आईसकेका छन् भने कुमार राना मगरको अझै ब्लड मनि नपुगेको हुनाले दिलबहादुर घर्तीमगर बचाउ अभियानको बचत रकम कुमार रानामगरका लागि आज हस्तान्तरण गरिएको छ ।

अपुग रकम रु. ७ लाख आज नेपाल मगर संघ केन्द्रीय कार्यलय कंलकीमा संघका अध्यक्ष नबिन रोकामगरको उपस्थितिमा ‘कुमार राना बचाऔं’ अभियानका संयोजक कृष्ण प्रसाद ढकाल र कुमार रानाका श्रीमती आम्बिका रानालाई हस्तान्तरण गरिएको हो ।

‘कुमार रानामगर ब्लडमनी संकलन अभियान’का संयोजक ढकालले दिलबहादुर घर्तीमगर ब्लडमनी संकलन अभियानलाई अपुग रकम सहयोग गरिदिन भन्दै २०७५ असोज ११ गते एक पत्रमार्फत आग्रह गरेको ‘दिलबहादुर बचाउ अभियान’का संयोजक दिपेश पुनले बताए ।

सोही पत्रमार्फत ‘दिलबहादुर घर्ती बचाउ अभियान’को बचत रहेको ७ लाख रुपैयाँ कुमार रानामगरलाई उद्धार गर्नको लागि सहयोग गरिएको विद्यार्थी नेता समेत रहेका पुनले बताए ।

कुमार रानामगरको उद्दारको लागि ७७ लाख रुपैयाँमध्ये ७० लाख जम्मा भइसकेो थियो । बाँकी अपुग ७ लाख बरकम पुनले कुमारको धर्मपत्नी र कुमार बचाऊ अभियानका संयोजक ढकाललाई काठमाडौँ बोलाएर एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।

ब्लडमनि सफलतापूर्वक संकलन भएको र अब छिट्टै नै कुमार रानमगर साउदीको जेलबाट रिहा हुने संयोजक ढकालले बताए ।

१२ आश्विन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको