राप्ती उपक्षेत्रीय अस्पताल यसरी बन्यो स्वास्थ्य विज्ञान प्रतिष्ठान (भिडियो)


असोज १२, दाङ । राप्ती उपक्षेत्रीय अस्पताल औपचारिकरुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा एक कार्यक्रम गरी अस्पतालको चलअचल सम्पत्ति र जनशक्ति प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ । प्रतिष्ठानका उपकूलपति प्रा.डा. संगीता भण्डारी र अस्पतालका निमित्त मेसु डा. जनार्दन पन्थीले संयुक्त विज्ञप्तिमार्फत अस्पतालको चलअचल सम्पत्तिलगायतका कारोकार प्रतिष्ठानलाई हस्तान्तरण गरिएको उल्लेख छ ।

मन्त्रालयका प्रतिनिधि डा. विनोदकुमार गिरी, जिल्ला प्रशासन कार्यालय दाङका प्रतिनिधि र लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिको रोहवरमा प्रतिष्ठानका उपकूलपति डा. भण्डारी, रजिष्ट्रार रामप्रसाद प्याकुरेल र अस्पताल निर्देशक प्रा.डा. ऋतु शर्मा बराललाई अस्पताल हस्तान्तरण गरिएको छ ।

अब अस्पताल निर्देशक डा. बराल रहनुहुनेछ । अस्पतालबाट पु¥याउँदै आएको सेवा अब प्रतिष्ठानमार्फत सञ्चालन हुनेछ ।

१२ आश्विन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको