डा. केसीद्वारा शिक्षामन्त्रीको राजीनामा माग


असोज १२, काठमाडौँ । चिकित्सा शिक्षामा सुधारका लागि आन्दोलन गर्दै आएका डा.गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।

१५ औं अनसनका क्रममा सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अवरोध गरेको उनको आरोप छ।

‘प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको गैर जिम्मेवार पूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु अशोभनीय छ’, त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले भने।

१५ औं अनसनका क्रममा सरकारले गरेका सम्झौता तत्काल कार्यान्वय नभए बिना जानकारी १६ औं सत्याग्रह सुरु गर्ने उनले चेतावनी दिए।

प्रधानमन्त्रीले भ्रष्टाचारप्रति शून्य सहनशीलता भनिरहे पनि व्यवहारमा भ्रष्टहरुलाई पुरस्कृत गर्ने काम भइरहेको उनको भनाइ थियो।

१२ आश्विन २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको