असोज १२, ओसाका जापान । कला र संस्कृतिको जगेर्नामा रोजगारीका लागि विदेसिएका नेपालीहरुको निकै ठूलो भूमिका रहेको छ । यस मामिलामा जापानमा रहेका नेपालीहरु धेरै अगाडि छन् ।
सुविधासम्पन्न जापान यस्तो देश हो, जहाँ नेपाली विद्यार्थी तथा कामदारहरुको संख्या निकै उच्च रहेको छ । यस हिसाबले पनि बिभिन्न संघसंस्थाहरुले बेलाबेलामा मनोरञ्जनका कार्यक्रम गरिरहन्छन्।
यसै सन्दर्भमा गलकोट समाज जापान क्षत्रिय समिति ओसाकाले बृहत् ”दसैं विशेष साँगीतिक कार्यक्रम २०७५ आयोजना गर्ने भएको छ।
आऊदै गरेको नेपालिको महान चाड बीजया दशमीको स्वागत गर्दै ”दसैं विशेष साँगीतिक कार्यक्रम २०७५’’जापानको शिन ओसाका कोको प्लाजामा सांगीतिक कार्यक्रम हुने भएको छ । अङ्ग्रेजी वर्ष अक्टोबर २ तारीख़ मंगलबार साँझ ४:३० बजे बाट हुने भयको हो।
सन् २००६ सालमा स्थापित संस्था गल्कोट समाज जापानले स्थापनाकाल देखि निरन्तर मानवीय सेवा, समाज र राष्ट्र विकासमा थुप्रै अनुकरणीय सहयोगहरु गर्दै आएको छ।
संस्थाको आर्थिक बिकास तथा आपतकालीन राहतकोष स्थापना गर्नको लागि दशैं बिशेष सांगीतिक कार्यक्रम २०७५ को आयोजना गरिएको संस्थाका अदक्षय सिबु थापाले जानकारी दिनु भयो।
उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार ईश्वर सिंह, ऋतु कंडेल तथा स्थानीय कलाकार कुलबिर थापा, दुर्गेश कार्कि, दिनेश के.सी लगायतको प्रस्तुति रहने संस्थाका बरिष्ठ उपाअधक्ष देवेन्द्र थपाले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस