सल्यानकाे दहखाेलामा वर्षासँगै आएको पहिरोले तीन घर पुरिए


भदौ १२, सल्यान । अबिरल बर्षा सँगै अाएकाे पहिराेकाे कारण सल्यानकाे छत्रेश्वरी २ दहखाेलामा दुर्इअाेटा घर पुर्ण रुपमा क्षती भएका छन् भने तिन अाेटा घर पहिराेले पुरेकाे छ ।

मंगलबार दिनैभरी भएकाे बर्षाका कारण स्थानीय यम बहादुर अाेली र लक्षमण केसीकाे घर पुर्ण रुपमा भत्किएकाे छ । त्यसैगरी प्रेम केसी, टुल्के कामी र गनेश खड्काकाे घर पनि पहिराेले पुरेकाे छ ।

करिब २५ घरधुरी भन्दा धेरै भएकाे दहखाेलाकाे त्याे क्षेत्र अहिले पहिराेकाे उच्च जाेखिममा रहेकाे २ नम्बर वडा अध्यक्ष प्रेम खड्का ‘प्रभात’ले पोष्टपाटीलार्इ जानकारी दिए ।

उनका अनुसार कुनै मानविय तथा पशु चाैपायकाे भने क्षेती भएकाे छ‍ैन् । तर घर भत्किदा घरमा रहेका अन्य सबै सामान पुरिएका छन् ।

गाउँ माथिबाट सडक खनिएकाे र ठेकादारकाे लापरबाहीका कारण सडककाे नालि कमसल खालकाे बनाएकाले पहिराेकाे खतरा भएकाे वडा अध्यक्ष खडकाले बताएका छन् ।

१२ भाद्र २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको